8 years ago
July 23, 2017
अमेरिका (एजेन्सी)– म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकुले उच्च प्रदर्शनको संकेत गरिसकेका छन् । ७५ मिलियन पाउन्डमा एभर्टनबाट युनाइटेड पुगेका लुकाकु विश्वकै उत्कृष्ट क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै आफुलाई थप प्रमाणित गर्न चाहन्छन् । उनका लागि आइतबारको मैत्रीपूर्ण खेल आफ्नो क्षमता देखाउने एउटा राम्रो मौका हुन सक्दछ ।
प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले आफ्नो चौथो खेलमा आइतबार रियल म्याड्रिडको सामना गर्दैछ । पछिल्ला तीन खेलमा युनाइटेडले एलए ग्यालेक्सी, रियल साल्ट लेक र सहरी प्रतिद्वन्द्वि म्याचेस्टर सिटीलाई हराइसकेको छ ।
‘डेब्यू’ खेलमा खासै प्रभाव पार्न नसकेपछि लुकाकुले पछिल्ला दुई खेलमै गोल गरेका थिए । २४ बर्षे बेल्यिजन फरवार्ड रियलसँगको खेलमा टोलीले आफुसँग राखेको आशाका बारेमा राम्रो जानकार छन् । ‘अभ्यास राम्रो भइरहेको छ । प्रशिक्षकले भने जस्तै हामी प्रदर्शनका लागि तयार छौं’ लुकाकुले युनाइटेडको वेभसाइटमा भनेका छन्,‘रियल कठिन प्रतिद्वन्द्वि हो । हामी कडा मेहनत गरिरहेका छौं । नयाँ सिजनका अझै फिट हुन र उच्च प्रदर्शनको तयारी गरिरहेका छौं ।’
लुकाकुले टोलीको अभ्यासमा पनि खुसी व्यक्त गरको छन् । ‘ प्रशिक्षक जोजे माउरिन्होको योजना मुताविक हामी मेहनत गरिरहेका छौं’ उनले थपे, ‘त्यहि अनुरुप हामीले मैदानमा उतारेका पनि छौं । हामी यहि प्रदर्शनलाई निरन्तरता दिन चाहन्छौं ।’
जिनेदिन जिदानको रियलसँग इन्टरनेसनल च्याम्पिन्स कपको खेल खेल्नका लागि युनाइटेडले युसिएलए मा अभ्यास गरेको थियो ।
युइएफए सुपर कपका लागि युनाइटेड र रियलबीच अगस्ट ८ मा मेसेडोनियामा प्रतिस्पर्धा हुनेछ । तर त्यसअघि दुई टोलीले अमेरिकामा एक अर्काको क्षमताको प्ररिक्षण गर्नेछन् । सन् २०१४ मा युनाइटेड र रियलबीच अमेरिकामा भएको खेल १ लाख भन्दा बढीले रंगशालमा पुगेर हेरेका थिए । क्रिस्टियानो रोनाल्डो विना रियल उत्रेपनि आइतबारको प्रतिस्पर्धा हेर्न पनि उल्लेख दर्शकको उपस्थित हुने अनुमान गरिएको छ ।
प्रि सिजनअन्तर्गत रियलले पहिलो खेल युनाइटेडविरुद्ध खेल्दैछ । त्सपछि भने रियलले म्यानचेस्टर सिटी, बार्सिलोना र मेजर लिग सकरको अल स्टारसँग प्रतिस्पर्धा गर्नेछ । लुकाकुलाई भित्राउनुअघि माउरिन्हो रियलका फरवार्ड अल्भारो मोराटालाई लिन चाहन्थे । तर, युनाइटेडमा लुकाकुको आबद्धतापछि मोराटा चेल्सी पुगेका छन् ।
‘युनाइटेड जस्तो टोली जहिले उत्कृष्ट टोलीविरुद्ध खेल्न र जित्न चाहन्छ’ लुकाकुले भनेका छन्,‘हामीले अभ्यासमा राम्रो गरेका छौं । मैदानमा हरेक क्षण राम्रो गर्ने प्रयास गरिरहेका छौं । यसैलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ ।’ रियलसँगको खेलअघि युनाइटेडका पाउल पोग्बाले भने, ‘हामी ठूलो खेलमा उत्रदैछौें । खेलाडी प्रशिक्षक र सबै अर्को राम्रो टोलीविरुद्ध खेल्न गइरहेको छ । उत्कृष्टबीचको भिडन्तमा हामी उत्कृष्ट हुन चाहन्छौं ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]