8 years ago
July 23, 2017
क्यालिफोर्निया (एजेन्सी)– स्पेनिस राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका पहिलो रोजाईका गोलरक्षक डेविड डे हेयाले यो सिजन कुनै हालतमा युनाइटेड नछाड्ने क्लबका प्रशिक्षक जोसे मोउरिन्होले दाबी गरेका छन् । रियल म्याड्रिडले डे हेयालाई भित्राउन ट्रान्सफरको प्रस्ताव गर्ने तयारी गरिरहेको हल्लाकाबीच उनको यस्तो भनाई आएको हो ।
दुई वर्ष अघि युनाइटेडले रियलको २९ मिलियन पाउण्डको प्रस्ताव स्वीकारे पनि अन्तिम समयमा ढिला कागजपत्र पुगेका कारण ट्रान्सफर हुन सकेन । त्यसपछि डे हेयाले युनाइटेडमा नयाँ सम्झौता गरिसकेका छन् । मोउरिन्होले डे हेया यो सिजन मात्र नभएर लामो समयसम्म युनाइटेडमै रहने पक्का रहेको विश्वास व्यक्त गरे ।
‘म ग्यारेन्टी दिन्छु कि डे हेया यस सिजन कतै जाने छैनन् । मलाई लाग्छ कि उनलाई यो क्लब छाडेर जान निकै गार्हो हुनेछ । उनी निकै इमान्दार र सज्जन व्यक्ति हुन्,’ माउरिन्होले भने, ‘उनलाई मैले लामो समयदेखि नजिकबाट नियालिरहेको छु । म उनको प्रदर्शनदेखि निकै खुसी छु र उनी पनि क्लबमा खुसी छन् । उनी हरेक दिन प्रशिक्षणमा ध्यान दिइरहेका हुन्छन् । मैले यसलाई उनी लामो समय क्लबमै बस्ने संकेतका रुपमा लिएको छु । ’
गत साता युनाइटेडले दोश्रो रोजाईको गोलरक्षक सर्जियो रोमेरोलाई ४ वर्षे नयाँ सम्झौतामा सहमति गरेसँगै डे हेयालाई प्रदर्शनमा थप सुधार गर्न दबाब परेको माउरिन्हाले बताए । उनले भने, ‘सर्जियोले पनि प्रदर्शनमा सुधार गरेका छन् । एक अर्कालाई राम्रो बनाउँदा क्लबलाई फाइदा हुने दुवैलाई थाहा छ । यो हाम्रो लागि यो निकै सुखद खबर हो । ’
रियल र युनाइटेडबीच २ साताको बीचमा २ पटक एक आपसमा खेल्दैछन् । आइतबार हुने मैत्रीपूर्ण खेलपछि टोली युइएफए सुपर कपको उपाधिका लागि पनि भिड्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]