default_image

8 years ago

July 24, 2017

चेल्सीका हाडार्ज प्रशिक्षणमा फर्किए

120 views

0 Bookmark

लन्डन (एजेन्सी)– चोटमुक्त हुने प्रयासमा रहेका चेल्सीका इडन हाजार्ड सेप्टेम्बर सम्म पहिलो टोलीमा फर्कने सम्भावना कम रहेको बताइएको छ । तर, उनले गरेको मेहनत र अपेक्षा भन्दा अगाडि चोटमुक्त भएमा प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि नै उनी पूर्ण रुपमा फिट हुन सक्ने अपेक्षा पनि गरिएको छ ।


गत महिना गोली गाँठामा गहिरो चोट लागेपछि बेल्जियन स्टार मैदान बाहिर रहेका छन् । यद्दपी लगातारको उपचारपछि हाजार्डले चेल्सीको ट्रेनिङ सेन्टरमा अभ्यास गरे । उनले बल ड्रिबिलिङलगायत कोनमा समेत अभ्यास गरे । उनी चोटमुक्त हुनका लागि प्रयास गरि रहँदा उनका सहकर्मी भने प्रि सिजनका लागि लन्डनबाट झन्डै ७ हजार माइल्स टाढा सिंगापुरमा  छन् ।

चेल्सीले बायर्न म्युनिखसँग मैत्रीपूर्ण खेल खेल्दैछन् । यता हाजार्ड एक जना टोलीका प्रशिक्षकसँग अभ्यास गरिरहेका छन् । २६ बर्षे हजार्डलाई जुनमा बेल्जियन राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान चोट लागेको थियो । सुरुमा उनलाई ठिक हुन छ साता लाग्ने बताइएको थियो । तर पछि उनको गोलीगाँठाको शल्यक्रिया गर्नु पर्ने र ठिक हुन झन्डै तीन महिना लाग्ने बताइयो ।

जसका कारण हजार्ड प्रि सिजनका लागि एसिया भ्रमणमा गएनन् । उनी अहिले टोलीको परिचित स्टार हुन् । उनको अनुपस्थितिले भने चेल्सीका चिनियाँ र सिंगापुरका समर्थक बने निराश बन्न पुगे । विश्वका अन्य देशमा क्लबको चर्चा बढाउने भूमिकामा यसपटक हाजार्डले साथ दिन सकेनन् । तर, उनको तीब्र गतिको सुधारले लन्डन फर्कदा प्रशिक्षक एन्टोनियो कोन्टेलाई खुसी तुल्याउन सक्छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.