default_image

8 years ago

July 25, 2017

प्रशिक्षणमा रिसाउँदा केइटाले आफ्नै साथीलाई घाइते बनाए

141 views

0 Bookmark

अष्ट्रिया (एजेन्सी) – जर्मन बुन्डेसलिगा टोली आरबि लेप्जिगका नाबी केइटाले प्रशिक्षणका क्रममा रिसाएर ट्याकल हान्दा आफ्नै टोलीका खेलाडीलाई घाइते बनाएका छन्। नयाँ सिजनको तयारीमा अष्ट्रियामा रहेर प्रशिक्षण गरिरहेको लेप्जिगको केइटाले उक्त ट्याकल हानेपछि प्रशिक्षण सकिएको थियो।

लिभरपुलले २ पटक ट्रान्सफरको प्रस्ताब राख्दा पनि लेप्जिगले स्वीकार नगरेपछि केइटा बेखुशी भएको खबर आइरहंदा जर्मन मिडियाले यसलाई केइटाले रिस फेरेको पनि संज्ञा दिएका छन्। लिभरपुलले ६० मिलियन पाउण्डको आसपासमा प्रस्ताब गर्दा पनि क्लबले खेलाडीलाई छाड्न मानेको छैन। यसै साता लिभरपुलले अन्तिम प्रस्ताब राख्ने तयारी गरिरहेको पनि बुझिएको छ।

प्रशिक्षणका क्रममा केइटाले डिएगो डेम्मेलाई जानाजान ट्याकल हानेका थिए त्यसको केहि समयअघि केइटालाई डेम्मेले नराम्रो ट्याकल हानेको र त्यसको बदलामा केइटाले जानेरै बल नहुँदा पनि ट्याकल हानेका थिए। त्यस ट्याकलसँगै प्रशिक्षक राल्फ हसनहट्टलले त्यस दिनको प्रशिक्षण रोकेका थिए।

डेम्मेको घुँडामा नराम्रो चोट लागेको तर शल्यक्रिया भने गर्नु नपर्ने क्लब जनाएको छ। केइटाले पनि डेम्मेसँग माफी मागिसकेको र दुवै फेरी साथी भइसकेको क्लबले बताएको छ।

तर यसले प्रशिक्षक राल्फको निर्णयमा भने ठुलो भूमिका खेल्ने जर्मन मिडियाले बताएको छ। ठुलो रकमको प्रस्ताब आइरहंदा क्लबले केइटालाई लिभरपुल पठाएर अन्य खेलाडी किन्ने सम्भवना पनि उत्तिकै छ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.