default_image

8 years ago

July 25, 2017

युनाइटेड र रियलका पूर्व फरवार्ड वेष्ट ह्याम पुगे

114 views

0 Bookmark

लन्डन (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट व्यवसयिक फुटबल खेलिसकेका मेक्सिको राष्ट्रिय टोलीका स्ट्राइकर जाभियर हर्नान्डेज वेष्ट ह्याम युनाइटेडसँग आबद्ध भएका छन्। बायर लेभरकुजनबाट १६ मिलियन पाउण्ड खर्चेर वेष्ट ह्यामले उनलाई क्लबमा भित्र्याएको हो। उनले क्लबसँग ३ वर्षे सम्झौता गरेका छन्।

गत मे महिनामा मेक्सिकोको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बनेका हर्नान्डेजलाई चिचारितो उपनामले चिनिन्छ। यसअघी म्यानचेस्टर युनाइटेडका लागि १ सय ५६ खेलमा ५९ गोल गरेका हर्नान्डेज ५ वर्ष युनाइटेडमा बसेका थिए। त्यसबिचमा उनले एक सिजन रियलमा गएर पनि खेलेका थिए। रियालमा रहँदा उनले २३ खेलमा ७ गोल गरेका थिए। सन् २०१५मा जर्मन क्लब पुगेका उनले ७६ खेलमा ३९ गोल गरेका थिए।

वेष्ट ह्यामले यस सिजन हर्नान्डेजसँगै ३ ठुला खेलाडीलाई भित्र्याएको छ। म्यानचेस्टर सिटिबाट गोलरक्षक जो हार्ट लोनमा आएका छन् भने स्टक सिटिका मार्को अर्नाउटोभिच पनि अनुबन्धित भएका छन्। सिजनको सुरुवातमै पाब्लो जाबालेटा फ्री ट्रान्सफरमा आएका थिए।

रियल म्याड्रिडमा रहेर फिफा क्लब विश्वकप जितेका हर्नान्डेजले युनाइटेडबाट खेल्दा २ पटक प्रिमियर लिग उपाधि जितेका थिए

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.