default_image

8 years ago

July 25, 2017

मेस्सीले रोजे नेयमारको स्थानमा खेल्ने ३ खेलाडी

126 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको स्थितिले यस सिजनको समर ट्रान्सफर विन्डो रोमाञ्चक बन्दै गइरहेको छ। नेयमारका नजिकका केहि नातेदारहरुले नेयमार पिएसजी जाने बताए पनि क्लबमै रहेका खेलाडी र प्रशिक्षकले भने उनी बार्सामै बस्ने बताउँदै आएका छन्।

यसैबिच नेयमारले बार्सिलोना छाडेर गएको खण्डमा उनको स्थानमा बार्सिलोनाले पक्कैपनि नयाँ खेलाडी भित्र्याउनु पर्नेछ। यसको लागि टोलीका सुपरस्टार लियोनेल मेस्सीले ३ खेलाडीको नाम दिएका छन्। प्रतिष्ठित पत्रिका दान बालोनका अनुसार  मेस्सीले बार्सिलोनाको वर्तमान मात्र नभएर आउने सिजनको लागि पनि हुने किसिमले यी खेलाडीको नाम दिएको बुझिएको छ।

मेस्सीले बोरुसिया डर्टमुण्डका ओस्माने डेम्बेले, युभेन्टसका पाउलो डिबाला र पिएसजीका एन्जेल डि मारियाको नाम बार्सिलोनालाई दिएका छन्। डिबाला र डि मारियाले विगत लामो समयदेखि मेस्सीसँग राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् भने डेम्बेले युरोपका उत्कृष्ट युवा प्रतिभा मध्यका एक हुन्। तिनै खेलाडीले गत सिजन टोलीका लागि राम्रो प्रदर्शन गरेका थिए।

नेयमार यदि पिएसजी गए बार्सिलोनाले ठुलो रकम हात पार्नेछ। उक्त रकम उपयोग गरेर बार्सिलोनाले नेयमारको स्थानमा जस्तोसुकै खेलाडी पनि भित्र्याउने क्षमता राख्नेछ। पिएसजीली नेयमारलाई भित्र्याउन उनको रिलिज क्लज अनुसार २ सय २२ मिलियन युरो तिर्ने तयारी गरिरहेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.