8 years ago
July 26, 2017
अमेरिका (एजेन्सी) – युरोपियन फुटबलका दुइ महारथी बार्सिलोना र म्यानचेस्टर युनैतेद प्रि सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा भिड्दैछन्। बुधबार हुने खेल मेरिल्याण्डस्थित फेदएक्स मैदानमा हुने कार्यक्रम रहेको छ।
युनाइटेडको यो अमेरिकामा खेलिने अन्तिम मैत्रीपूर्ण खेल हो भने बार्सिलोनाले आगामी आइतबार रियल म्याड्रिडको सामना गर्नेछ। युनाइटेडले यसअघि खेलेका ४ मैत्रीपूर्ण खेलमा जित हात पारेको छ भने बार्सिलोनाले पनि युभेन्टसलाई हराउँदै प्रि सिजनको सुखद सुरुवात गरेको। युनाइटेडले एलए ग्यालेक्सी र रियल साल्ट लेकलाई हराएपछि इङ्गलिस क्लब सितिलाई पराजित गरेको थियो। केहि दिन अघि भएको खेलमा म्याड्रिडलाई पेनाल्टीमा हराएको युनाइटेडले युरोपमा फर्केर २ खेल खेल्नेछ।
बार्सिलोनाका लागि यस खेलमा नेयमार सुरुवाती रोजाईमा पर्ने बुझिएको छ। पिएसजीले विश्व कीर्तिमानी रकमको प्रस्ताव राख्दै आएको र नेयमार मौन रहनुले नेयमारको यो बार्सिलोनाको लागि अन्तिम खेल हुनसक्ने पनि बुझिएको छ। यता मोउरिन्होले भने आफ्नो टोलीले अझै १ वा २ खेलाडीलाई भित्र्याउने बताएका छन्।
खेल नेपाली समयानुसार बिहिबार बिहान ५:१५ बजे खेलिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]