default_image

7 years ago

July 26, 2017

लिग र थ्री स्टारका विषयमा एन्फा बैठकले टुंगो लगाउला ?

प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए […]

27 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ । फाइल तस्बिर

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए । ‘यो बैठकका लागि तय भएका सबै एजेन्डामा निर्णयमा पुग्छौं’ उनले भने, ‘अहिलेका विषयलाई धेरै लम्बायो भने त्यो फुटबल गतिवधिमै समस्या उत्पन्न पर्न सक्छ । त्यसअर्थ बैठक लम्बिएपनि हामी निर्णयमा पुग्छौं ।’

एन्फा केन्दिस्य सदस्य बसन्त अर्याल पनि बैठक दुई तीन सम्म चलाएर पनि सबै विषयमा निर्णयमा पुग्नु पर्ने बताउँछन् । ‘यस्ता विषय छन् जो छ महिना भन्दा बढी देखि अड्किएको छ । थ्री स्टारको विषय नटुंगिदा सम्म अरु विषय अघि बढ्न कठिन देखिन्छ’ उनले भने, ‘यसपटक सबै विषयमा टुंगोमा पुगेर मात्र बैठकको अन्त्य गरिनुपर्दछ । सधैको अन्योलले फुटबललाई फाइदा पुर्याउँदैन ।’

९ वटा एजेन्डा तोकेको एन्फाले आज बिहन ११ः०० बजेको लागि बैठक डाकेको छ । विशेष साधारण सभालगायतका एन्जेडामा खासै असहमती नदेखिएपनि थ्री स्टारलाई दिने भनिएको क्षेतिपूर्तिका विषयमा कार्यसमितिमा चर्को बहस हुने सम्भवना छ । थ्री स्टारको विषय नटुंगिदा सम्म यो वर्ष आयोजना गर्ने भनिएको ए डिभिजन प्रभावित भइराख्ने देखिन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत संलग्नतामा थ्री स्टारलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फाका केही जिम्मेवार पदाधिकारीले भद्र सहमति गरेपनि त्यसलाई कार्यसमितिबाट पास गराउने विषयमा भने कठिनाई पर्न सक्ने देखिएको छ ।

गत बर्ष एन्फाको गल्तिका कारण छनोट भइसकेको थ्री स्टारले एएफसी कप खेल्न पाएन । त्यसको विरोधमा थ्री स्टारले दोषीमाथि कारवाहीसहित ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गरेको थियो । साथै थ्री स्टारले माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो । त्यसै अनुसार थ्री स्टारले आफ्नै अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित यू १८ प्रतियोगितामा समेत भाग लिएन ।

थ्री स्टारलाई क्षतिपूर्ति दिने सवालमा एन्फा भित्र एकमत रहेको दाबी गर्दैै सिइओ तुलाधरले प्रक्रियाका विषयमा मात्रै फरक मत रहेको बताए । ‘थ्री स्टारलाई क्षतिपूर्ति दिने भन्ने विषयमा खास समस्या छैन ’ उनले भने, ‘तर कुन प्रक्रियाबाट दिने भन्ने छलफलबाट टुंगिएला ।’
तुलाधरले राखेपको पत्रले क्षतिपूर्ति दिने विषयमा अन्योल भएको बताए । ‘क्षतिपूर्ति दिनु भन्ने पत्र आएको भए सहज ढंगले प्रक्रिया अघि बढ्यो’ उनले भने, ‘राखेपले एन्फाको कार्यसमितिको बैठकको जानकारी दिनु भन्ने पत्र पठाएपछि भद्र सहमतिलाई कार्यान्वय गर्न अप्ठेरो देखिएको छ । कसरी दिने भन्ने विषयमा फेरी छलफल आवश्यक देखियो । हामी त्यसमा व्यापक छलफल गर्छौ ।’ उनले एन्फाका जिम्मेवार पदाधिकारीले थ्री स्टारसँग भद्रसहमति गरेकोले बहुमतका आधारमा निर्णय गरेर पनि अघि बढ्ने सम्भावना रहेको स्वीकारे । उनले भने‘सधै विषयलाई राखेर हुन्न । प्रक्रियामा गएर भएपनि टुंगाउनु पर्दछ भन्ने हो । ’
त्यसमा सदस्य अर्यालले भने फरकमत राखेका छन्,‘थ्री स्टार अन्यायमा परेको छ । उसले न्याय पाउनु पर्दछ । तर कसका कारणले अन्याय भयो त्यसलाई छोडेर दोषीलाई उम्काएर क्षतिपूर्तिमात्र दिदा कस्तो नजिर बस्ला त्यो पनि हामीले विचार गर्नुपर्ने विषय हो ।’

आफुले यसअघिकै बैठकमा थ्री स्टारको विषयलाई प्रवेश गराएपनि पदाधिकारीले जिम्मेवार ढंगले प्रस्तुत नभएको अर्यालको गुनासो थियो । यस्तो विषयलाई टुंगाएर थ्री स्टारलाई पुनः फुटबलमा फर्काने जिम्मेवारी पनि एन्फाकै भएको उनले प्रष्ट पारे । ‘लिग गर्ने हो भने थ्री स्टारको विषय छोडेर हुने सम्भावना छैन’ उनले थपे, ‘फुटबल गतिविधिलाई अघि बढाउन पनि थ्री स्टारको विषयमा छिटो टुंगाउनु पर्दछ । दोषीमाथि कारवाही पनि त्यत्तिकै जरुरी छ ।’

अर्कोतिर सिइओ तुलाधर भने एन्फाले नै गठन गरेको छानविन समिति अनुसार कारवाही भइसकेको जीकिर गर्छन् । ‘समितिले दोषी चेतावनी दिनु भन्ने प्रतिवेदनमा उल्लेख गरेको छ ,’ एन्फा प्रवक्ता समेत रहेको तुलाधरले भने, ‘त्यहि अनुरुप महासचिव धिरेन्द्र प्रधान र वरिष्ठ अधिकृत गोकुल थापालाई नसियत दिएका छौं । एएफसीले पठाएको इमेल समयमा रेस्पोन्स नगर्दा थ्री स्टारले खेल्न पाएन । आउने दिनमा त्यस्तो नहुनका लागि हामीले सबै व्यवस्थापन मिलाइसकेका छौं । त्यसअर्थमा कारवाहीको प्रक्रिया पुरा भइसकेको छ ।’ तर एन्फाकै अर्को पक्ष भने दोषीहरुलाई निलम्बन गर्नुपर्ने भन्ने पक्षमा छन् ।

फेरी पनि बैठकमा दोषीमाथिको कारवाहीको माग आफुले उठाउने एन्फाका अर्का सदस्य पंकज नेम्बाङले यसअघि नै बताइसकेका छन् । ‘अघिल्लो बैठकमा महासचिवको राजीनामा मागिएको थियो । त्यसमा अध्यक्षले सबै जिम्मा म लिन्छु भन्नु भएको छ,’ नेम्बाङले हाम्रो खेलकुद डटकमसँग भनेको थिए ,‘अध्यक्षले जिम्मेवारी लिएपछि राजीनामा दिनुपर्दछ । यस्ता गल्ति भविष्यमा नदोहोरियोस भन्नका लागि पनि राजीनामा दिएर नजिर स्थापित गर्नुपर्दछ । गल्ति गर्नेले कारवाही पनि भोग्नु पर्दछ भन्ने आवाज म फेरी पनि उठाउनेछु ।’

सिइओ तुलाधरले लिगको मिति पनि यही बैठकले तोक्ने दाबी गरे । ‘थ्री स्टारका कारणले मात्र होइन हामीले मैदान अभावकै कारण लिग गर्न अप्ठ्यारो भइरहेको हो । लिगका केही खेल दर्शकको उल्लेख उपस्थिति हुने कारणले हलचोक वा एन्फामा गर्न कठिनाई पर्न सक्छ ’ उनले भने, ‘तर जस्तो परिस्थिति भएपनि हामी २०७४ भित्र र एन्फाको विशेष साधारण सभा अघि नै लिग सुरु गर्ने गरि निर्णय गराउने तयारीमा छौं ।’

एन्फाको वर्तमान कार्यसमितिको अवधि कात्तिकमा सकिदैछ । गत बर्ष फिफाले पूर्व अध्यक्ष गणेश थापालाई १० बर्षको प्रतिबन्ध लगाएपछि अध्यक्ष पद रिक्त भएको थियो । एन्फाको साधारण सभाले नरेन्द्र श्रेष्ठलाई अध्यक्ष र मणी कुँवरलाई उपाध्यक्ष निर्वाचित गरेको थियो ।  अबको साधारण सभाले एन्फाको संसोधित विधान पास गर्दै १७ सदस्यीय कार्यसमितिको पनि चयन गर्नुपर्नेछ ।

एएफसीले संघिय संरचना अनुसार एन्फाको विधान संसोधन हुनु पर्ने बताएपनि एन्फाले तत्काल जिल्लाको प्रतिनिधित्वलाई खारेज गर्न नमिल्ने बताउँदै आएको छ । ‘संघिय संरचना पूर्ण रुपमा कार्यान्वय भैनसकेकाले हामीलाई पनि अप्ठेरो छ । पूर्ण कार्यान्वयपछि हामी त्यहि ढाँचामा जान्छौं । अबको साधारण सभा सम्म जिल्लाकै मताधिकारसहितको प्रतिनिधित्व रहने सम्भावना बढी छ’ तुलाधरले भने, ‘बी र सी डिभिजनको मताधिकार संख्या बढाउने विषयमा भने आजको बैठकमा छलफल हुनेछ ।’

अहिले ए डिभिजनलाई प्रत्येकलाई १, बी डिभिजनबाट ५ र सी डिभिजनबाट ३ जनाले मताधिकार पाइरहेका छन् । एन्फाले महिला फुटबल, साफ यू १५ महिला फुटबल, उमेुर समूह, फुटसल प्रतियोगितामा सहभागिता र आयोजना, मिनी पिच र औषधि उपचार खर्चका एजेन्डा पनि आजको बैठकका लागि तय गरेको छ ।

आजको बैठकका लागि एन्फाले तय गरेका एजेन्डा ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.