8 years ago
July 26, 2017
मोनाको (एजेन्सी) – एएस मोनाकोका प्रतिभाशाली युवा खेलाडी किलियन बाप्पे यस सिजनको ट्रान्सफर विन्डोको सबैभन्दा ठुलो विषय बनेका छन्। रियल म्याड्रिड र मोनाकोबीच बाप्पेको स्थानान्तरणको लागि विश्व कीर्तिमानी रकममा सम्झौता भएको खबर आइरहँदा बाप्पे आफैं सानो उमेरदेखि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ठुलो समर्थक भएको खुलेको छ।
बाप्पे १४ वर्षको छंदा उनको कोठाको भित्ता भरि क्रिस्टियानो रोनाल्डोको फोटोहरु देखिन्थे। ५ वर्षको अन्तरालमा बाप्पे अब तिनै रोनाल्डोसँगै मैदानमा उत्रने सम्भावना बढ्दै गएको छ। समर्थक देखि समकक्षीसम्मको ४ वर्षे यात्रा फुटबल जगतमै एक प्रेरणादायी कथा हुने फुटबल विश्लेषकहरुको बुझाई छ।
बाप्पे सानो उमेरदेखिनै रियल म्याड्रिडको समर्थक रहँदै आएका थिए। उनले रोनाल्डो म्याड्रिडआएदेखि रोनाल्डोलाई पछ्याउँदै आएको र उनको धेरै तस्बिरहरु उनको कोठाको भित्ता देखि अन्य संग्रहहरु पनि रहेको बुझिएको छ। बाप्पेका पिता विल्फ्रिडले पनि बाप्पे लामो समयदेखि रोनाल्डोको प्रशंसक रहँदै आएको बताएका थिए। ‘उनि रियल म्याड्रिडका समर्थक हुन् र रोनाल्डोलाई आफ्नो आइडल मान्छन्। उनले सानो उमेरमा घन्टौंसम्म पनि रोनाल्डोको भिडियो हेरेको याद छ।’
रोनाल्डोका समर्थक रहेका बाप्पेलाई रियलले १ सय ६० मिलियनमा किन्ने तयारी गर्दैछ। जुन रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट ल्याउन तिरेको रकम भन्दा झन्डै दोब्बर बढी हो। मोनाकोको सिनियर टोलीबाट ५८ खेल खेलिसकेका बाप्पेले १६ वर्षमा डेब्यु गर्दै १७ वर्षको उमेरमै क्लबको लागि गोल गरेका थिए। उनले राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]