default_image

8 years ago

July 27, 2017

युभेन्टससँग पिएसजीको हार

127 views

0 Bookmark

फ्लोरिडा (एजेन्सी)– इटालियन सिरि ए च्याम्पियन युभेन्टसले प्रि सिजनअन्गर्तको इन्टरनेसल च्याम्पियनसिप कपमा फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–२ रोमाञ्चक जित हासिल गरेको छ । 

युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन (दायाँ) ।

अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको दोस्रो हाफमा क्लाउडियो मार्चिजियोले पेनाल्टी सहित २ गोल गरेपछि इटालिन क्लबको जित सम्भव भएको थियो ।

मार्चिजियोले खेल सकिन १ मिनेटअघि गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि युभेन्ट्सले दुई पटक सम्म लिएको अग्रतालाई पिएसजी बराबर गर्न सफल भएको थियो । पहिलो हाफको अन्तिममा गोन्जालो हिगुइनको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । दोस्रो हाफको आठौं मिनेटमा गोन्कालो ग्वेडेसले बराबरी गोल फर्काए । उनले एन्जेल डि मारियाको उत्कृष्ट पासमा गोल गरेका हुन् ।

तर ६२ औं मिनेटमा मार्चिजियोले झन्डै २० यार्डबाट गोल गर्दै इटालियन क्लबलाई पुनः अग्रता दिलाए । त्यो अग्रतालाई पछि ८० औं मिनेटमा पिएसजीका लागि जाभियर पास्टोरेले बराबरी गरे । तर, ८९ औं मिनेटमा मार्चिजियोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.