default_image

8 years ago

July 27, 2017

नेयमार बार्सिलोना बस्नैपर्ने ५ कारणहरु

136 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमारलाई यस सिजनको ट्रान्सफर विन्डोमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकममा अनुबन्धन गर्ने प्रयास गर्दैछ। नेयमारले आफ्नो स्थितिको बारेमा खुलेर नबोलेपनि दुवै क्लबका प्रतिनिधिहरुले भने नेयमार आफ्नो क्लबमा आउने/रहने पक्का भएको दाबी गरेका छन्।

यसैबीच विदेशी मिडियाले पनि नेयमारको ट्रान्सफर भएमा पिएसजीले विश्व कीर्तिमानसँगै नेयमारलाई विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बनाउने प्रयास गरिरहेको लेखेका छन्। यद्दपी नेयमारले उक्त प्रस्ताबलाई अस्विकार गर्नुपर्छ भन्नेको जमात पनि ठुलै छ। नेयमारले बार्सिलोनामै बस्नुपर्ने ५ कारणहरु के होलान् त?

१. विश्वकप हुने सालमा ट्रान्सफर हुनु जोखिमपूर्ण
ब्राजिल र नेयमार दुवै सन् २०१८को विश्वकप जित्ने मुख्य लक्ष्य लिएर आगामी साल रसिया पुग्नेछन्। नयाँ क्लबमा गएपछि त्यहाँ सुरुवात गर्न केहि गाह्रो हुने र अझ बढी मिहेनत गर्नुपर्ने हुनाले सिजनको अन्त्यसम्म नेयमार एकदम थकित भएर विश्वकपमा प्रदर्शन खस्कन सक्छ। त्यसैले नेयमारले अहिले बार्सिलोनामै रहेर अर्को साल ट्रान्सफर हुनु उत्तम देखिन्छ।

२. पिएसजी च्याम्पियन्स जित्न लायक भएको छैन
फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले गत सिजन उत्कृष्ट प्रदर्शन गरेपनि च्याम्पियन्स लिगमा बार्सिलोनासँग पराजित हुन पुग्यो। पिएसजीको टोलीमा नेयमारनै सामेल भएपनि उक्त टोली अहिलेनै च्याम्पियन्स लिग जित्न सक्ने क्षमता भएको छैन। बार्सिलोनामा भने मेस्सी र सुआरेजसँग रहेर नेयमारले च्याम्पियन्स लिग जित्न सक्छन।

३.नेयमारले भविष्यमा मेस्सीको स्थान लिन्छन
प्रि सिजनमा नेयमारले विगतको तुलनामा केहि बढी स्वतन्त्रता पाएका थिए। मेस्सीले धेरैजसो मिडफिल्डमा झरेर खेल्दा नेयमारले अगाडी बढेर खुलेर खेल्ने मौका पाए। बार्सिलोनाका नवनियुक्त प्रशिक्षक एर्नेस्टो भालभेर्डेले पनि अर्को सिजनमा मेस्सीलाई मिडफिल्डमा खेलाएर उनीमाथि दबाब कम गर्ने अभिव्यक्ति दिएका छन्। यसो गर्नाले नेयमारले मेस्सीको स्थान लिने पक्का देखिन्छ।

४. नेयमारको खेलशैली फ्रान्सको लिगमा उपयुक्त छैन
नेयमार सामन्यतया छलाउने कलाको लागि प्रख्यात छन्। तर फ्रान्सेली लिगमा धेरैजसो शारीरिक रुपमा बलिया खेलाडीहरुको बाहुल्यता रहेको पाइन्छ। उनको खेलशैली स्पेनिस लिगको लागि ठिक भएकोले पनि उनले लिग परिवर्तन गर्दा आफुलाई नयाँ ठाउँमा रहेर खेल्न कठिन हुन्छ।

Neymar

५. विश्वकै उत्कृष्ट मध्ये एक बार्सिलोनाको इतिहासमा नाम
नेयमार ब्राजिलबाट स्टार बनेर बार्सिलोना आएका हुन्। तैपनि नेयमारलाई बार्सिलोनाका समर्थकले आफ्नो एकेडमीबाट हुर्केका खेलाडीझैं माया गर्छन। युवा उमेरमै उनले बार्सिलोनाको लागि निकै योगदान दिएका छन् र समयसंगै त्यो बढ्ने पक्का छ। बार्सिलोनामा रहेर उनले विश्वका उत्कृष्ट खेलाडीसँग खेलेर आफुलाई सुधारेका त छन् नै। सँगैसँगै उनले आफुलाई पनि त्यहि स्तरमा उभ्याउन सकेका छन्। बार्सिलोनामै रहेर खेले उनले यस क्लबको इतिहासमा आफ्नो नाम लेखाउनेमा दुइमत छैन।

नेयमारले बार्सा छाडेर पिएसजी रोज्नुको ५ कारणहरु

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.