default_image

8 years ago

July 28, 2017

नेयमार बार्सिलोना टोलीसँग नफर्कने

130 views

0 Bookmark

मायमी (एजेन्सी)– ब्राजिलयन स्टार नेयमार बार्सिलोना टोलीसँग स्पेन नफर्कने भएका छन् । प्रि सिजनका लागि अमेरिका रहेको बार्सिलोनाले शनिबार एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नेछ । इएसपिएनका अनुसार २५ बर्षे नेयमार बार्सिलोना र नाइकको प्रचारका लागि अमेरिकाबाट सिधै चीन जानेछन् ।

शनिबार एल क्लासिकोसँगै अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा बार्सिलोनाको यात्रा टुंगिनेछ । यसैबीचमा प्रशिक्षणका दौरान नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको छ । सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै नेयमारले रिसमा बिब्स फ्याँकेर मैदान छाडेका थिए।

ब्राजिलयन स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्ला केही सातादेखि चलिरहेको छ । २ सय २२ मिलियन युरो सरुवा रकम खर्चेरपनि पिएसजी नेयमार लान प्रयारत रहेको बताए । यद्दपी बार्सिलोनाका पदाधिकारीले भने उनी नोउ क्याम्पमै रहने दाबी गर्दै आएका छन् । नेयमार स्वयम्ले भने यो विषयमा अहिले सम्म मुख खोलेका छैनन् ।

नेयमार र उनका बुबा पिएसजीका कतारी मालिक र त्यहाँका स्पोर्टस डाइरेक्टर एटेरो हेरिक्वेसँग सुरुवाको विषयलाई लिएर सम्पर्कमा रहेको बताइएको छ । श्रोतका अनुसार ब्राजिलयन नेयमार चीनबाट सोझै पिएसजीको प्रशिक्षणमा सामेल हुने अपेक्षा गरिएको छ । यद्दपी चीन भ्रमणसम्म पनि उनले कुनै घोषणा नगर्ने अनुमान गरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.