default_image

8 years ago

July 28, 2017

बाप्पे रियल गए बेललाई खतरा हुन सक्ने

128 views

0 Bookmark

लस एन्जल्स (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गेराथ बेललाई लिएर म्यानचेस्टर युनाइटेडलाई चनाखो रहन संकेत गरेका छन् । जिदानले बेललाई रोक्न आफु सफल नरहन सक्ने खुलासा गरेका छन् ।


जिदानको भनाईसँगै रियलमा बेलको भविष्य अन्योलमा रहेको अनुमान गरिएको छ । युरोपियन च्याम्पियन रियल १ सय ६० मिलियन युरोको विश्व कीर्तिमानी रकमसहित मोनाकाका स्ट्राइकर केलियन बाप्पे भित्राउन प्रयास रहेको बताएको छ ।

बाप्पेको आगमन भएको खण्डमा जिदानले क्रिस्टिायाने रोनाल्डो, करिम बेन्जिमा र बेल मध्ये एकलाई गुमाउनु पर्ने हुन सक्छ । बाप्पेलाई ठाँउमा अर्को एउटा स्टारले त्यसको मार खेप्नु पर्ने हुन सक्छ । यी तीन मध्ये वेल्सका स्टार बेलकै क्लब छोड्ने सम्भावना बढी रहन्छ ।

म्यानचेस्टर सिटीसँग बिहीबार भएको खेलपछि क्लबको अबस्थाका बारेमा सोधिएको प्रश्नमा जवाफ दिदै जिदानले भने,‘मलाई लाग्छ बिबिसी (बेल, बेन्जिमा र क्रिस्टियानो) यो सिजन क्लबमै रहनेछन् । म सबै यही रहेको हेर्न चाहन्छु । तर पनि अगस्ट ३१ सम्म जे पनि हुन सक्छ ।’

जोसे माउरिन्हाले अझै एक जना खेलाडी भित्राउन चाहेको बताउँदै आएका छन् । उनले ४८ मिलियन पाउन्डमा इन्टर मिलानका इभान पेरिसिकलाई ल्याउन चाहेको बताइएको छ ।

अमेरिकामा रियल र युनाइटेडबीचको खेलअघि माउरिन्होले बेललाई भनेको थिए, ‘तिमिले म सँग कुरा नगरेका कारण तिमिलिाई किन्न सक्दिन ।’ २८ वर्षे बेल रियलमै खुसी रहेको बताइएपनि बाप्पेको आगमनको उनलाई बेच्न क्लब तयार हुन सक्ने अनुमान गरिएको छ ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.