8 years ago
July 29, 2017
मायमी (एजेन्सी)– बार्सिलोनासँगको आइतबार हुने ‘एल क्लासिको’ मा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो नहुने आयोजकहरुले बताएका छन् । रियलको प्रि सिजन अमेरिका यात्रामा रोनाल्डो टोलीसँग छैनन् । पोर्चुगलका लागि कन्फेडेरेसन कपमा भाग लिएपछि रोनाल्डो व्यक्तिगत कारणका कारण टोलीसँग अमेरिका यात्रामा जान नसकेको बताइएको छ ।
उनी यहि समरमा जुम्ल्याहा सन्तानको पिता बन्दैछन् । इन्टरनेसन च्याम्पियन्स कपको आयोजक रिलेभन्ट स्पोर्टसका अध्इक्ष चार्ली स्टिलिटानोले रोनाल्डो एल क्लासिकोमा नरहने पक्का गरेका हुन् ।
इएसपिएनसँगको कुराकानीमा स्टिलिटानोले भने,‘दुर्भाग्यवश रोनाल्डोलाई ल्याउन सकिएन । उनले व्यक्तिगत कारणले यहाँ आउन नसक्ने बताएका छन् । उनी साच्चै आउन चाहन्थे । तर परिस्थिति अनुकुल भएन । उनले आफु आउन सक्ने आशा व्यक्त गरेका थिए । हामीले अन्तिम समयसम्म पनि पर्खियौं । तर सोचे जस्तो भएन । ’ केही दिनअघि रोनाल्डो चीन पुगेका थिए ।
मायमी डल्फिनका मालिक स्टेफन रोसले पनि रोनाल्डोलाई ल्याउनका लागि हर सम्भव प्रयास गरेको स्टिलिटानोले खुलासा गरेका छन् । ‘रोसले पनि यहाँ ल्याउनका लागि हरसम्भव प्रयास गरे । त्यसका लागि रोनाल्डोले आभार पनि व्यक्त गरे’ स्टिलिटानोले भने, ‘तर, पनि हामीसँग खेलका लागि दुई उत्कृष्ट टोली छन् र बाँकी सबै स्टार खेलमा रहनेछन् । ’
यद्दपी रोनाल्डोको अनुपस्थितिमा रियलका प्रशिक्षक जिनेदिन जिदान भने चिन्तित छैनन् । जिदान चार पटकका बालोन डी’ विजेता रोनाल्डो अगस्टको पहिलो साता टोलीमा फर्कनेमा विश्वस्त छन् । ‘भोलीको खेलमा उनी हुने छैनन् । त्यसमा केही समस्या छैन ’ जिदानले भने, ‘उनी अहिले छुट्टिमा छन् र रमालोसँग छुट्टि मनाई रहेका छन् । हामी भोलीको खेलका लागि तयार छौं । रोनाल्डो नयाँ सिजनका लागि अगस्ट ५ मा फर्कनेछन् । ’
सुरुमा रोनाल्डो क्लबसँग खुसी नरहेको बताइएपछि उनीले क्लबलाई निरन्तरता दिने प्रष्ट पारिसकेका छन् । अघिल्लो सिजन टोलीका लागि च्याम्पियन्स लिग र ला लिगा उपाधि जितेका रोनाल्डोले यो सिजन त्यो भन्दा बढी सफलताका लागि प्रयास गर्ने यसअघि नै बताइसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]