default_image

8 years ago

July 29, 2017

रोहितको चोटको अवस्था बारे भोली सम्ममा थाहा लाग्ने

139 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग वन क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले शनिबार भएको भायांकारा सुरबयाविरुद्धको खेलमा सुरुवाती ११मा नाम भएपनि खेलमा सहभागिता जनाएनन्वार्मअपको दौरान चोट लागेको र त्यसको विस्तृत विवरण भोलीमात्र थाहा हुने रोहितले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए।

रोहितको अनुपस्थितिमा टोलीले अन्तिम मिनेटमा गोल गर्दै खेल १-०ले जितेको थियो। रोहितले आफ्नो चोट सामान्य लागेको तर विस्तृत विवरण भने भोलीमात्र आउने बताए। ‘वार्म अपको दौरान चोट लागेको हो। अस्तिको खेलमा कतिबेला एंकलमा सानो चोट लागेको रहेछ, आज वार्म अप गर्दा त्यहि ठाउँमा बल्झियो। भोली डाक्टरलाई देखाएपछि विस्तृत विवरण आउनेछ।’

सेप्टेम्बर ५मा हुने नेपाल र ताजिकिस्तानको खेलका लागि नेपाली राष्ट्रिय टोली अभ्यासका लागि जापान जाने कार्यक्रममा यसअघि रोहितको सहभागिता नहुने पक्का भएको थियो। उनको टोलीले अब अर्को आइतबार बारितो पुतेराको सामना गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.