8 years ago
July 29, 2017
सिंगापुर (एजेन्सी)– प्रिमियर लिग च्याम्पियन चेल्सी इन्टरनेसनल च्याम्पियन्स कपमा लगातार दोस्रो खेलमा पराजित भएको छ। स्टेभन जोभेटिचको उच्च प्रदर्शनबाट प्रेरित इटालियन टोली इन्टर मिलानले चेल्सीलाई आज २–१ ले हराएको छ।

जोभेटिचले एक गोल गर्नुका सार्थ अर्को गोलका लागि पास मिलाइदिएपछि इन्टरको जित सम्भव भएको थियो । यद्दपी इन्टरको जितमा जियोफ्री कोन्डोबियाको आत्मघाती गोल बढी चर्चामा रह्यो । इन्टरले यसअघि लियोन र बायर्न म्युनिखलाई हराएको थियो ।
अघिल्लो दुई खेलमा इन्टरले गोल खाएको थिएन । जोभेटिचले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । रिबाउन्डमा प्राप्त बललाई उनले गोल गरेका थिए । त्यसअघि विवादस्पद पेनाल्टी जोभेटिकले प्रहार गर्दा चेल्सीका गोलकिपरले रोकेका थिए । दोस्रो हाफको आठौं मिनेटमा जोभेटिचको पासमा इभान पेरिसिचले गोल गरेका थिए ।
चेल्सीमा क्लबका लागि कीर्तिमानी रकममा सरुवा भएका अल्भारो मोराटा पहिलो रोजाइमा उत्रेका थिए । चेल्सीको एकमात्र गोल ७५ औं मिनेटमा इन्टरका जिओफ्री कोन्डोगबियाले आत्मघाती गोलका रुपमा गरेका थिए । ४० यार्ड टाढाबाट उनले गोलरक्षकलाई दिन खोजेको बल सिधै पोष्टमा छिरेको थियो। एन्टोनियो कोन्टेको टोलीले अगस्ट ६ मा हुने कम्युनिटी सिल्डमा आर्सनलको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]