default_image

8 years ago

July 30, 2017

रियलमाथि बार्सिलोनाको जित

218 views

0 Bookmark

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका स्पेनिस महारथीबीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले हराएको छ २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो

पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा पनि दोश्रो हाफको सुरुवातमै बार्साले निर्णायक अग्रता लिएको थियोखेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी-बक्स को ठिक भित्रबाट गोल गर्दै बार्साको अग्रता दोब्बर पारे तर १४औं मिनेटमा मटियो कोभाचिचले बक्स बाहिरबाट गरेको प्रहार गोल भएपछि रियलले खेलमा फर्कने आशा देखाएको थियो

३६औं मिनेटमा मार्को एसेन्सियोले सुरु गरेको काउन्टर अट्याकमा कोभाचिचले साथ् दिएपछि एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पिएसजी जाने हल्ला चलेपनि नेयमार आजको खेलमा सुरुवाती एघारमा परेका थिए।

दोश्रो हाफको सुरुवातमा जेरार्ड पिकेले नेयमारको फ्रिकिकमा गोल गरेपछि बार्साले खेलमा पुन: अग्रता लिएको थियो। ६४औं मिनेटमा ग्यारेथ बेलको प्रहारलाई गोलरक्षक जास्पर सिल्लेसनले बचाउँदै खेलमा अग्रता कायम राखे। खेलमा थप गोल हुन् नसकेपछि बार्साले जित हात पारेको हो।

रियल र बार्सिलोनाले सिजनको सुरुवातमा हुने स्पेनिस सुपर कपमा पनि एकआपसमा भिड्नेछन्

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.