8 years ago
July 30, 2017
फ्रान्स (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अघिल्लो सिजनको लिग वन उपाधि विजेता एएस मोनाकोलाई २-१ले पराजित गर्दै फ्रान्सेली लिग सिजनको सुरुवातमा आयोजना हुने फ्रेन्च सुपर कपको उपाधि जितेको छ। पिएसजीको जितमा भर्खरै क्लबमा आबद्ध भएका डिफेन्डर ड्यानी आल्भेस नायक रहे।
आल्भेसले १ गोल र १ असिस्ट प्रदान गरेपछि खेलमा पछाडी परेको पिएसजीले उपाधि जितेको थियो। मोनाकोले खेलको ३०औं मिनेटमा जिब्रिल सिडिबेको गोलमा अग्रता लिएको थियो। उनले मिडफिल्डर युरी टिलेमान्सको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। पहिलो हाफमा १-०को अग्रता लिएको मोनाकोका लागि युवा फरवार्ड किलियन बाप्पेले आशातीत प्रदर्शन गर्न सकेनन्।
दोश्रो हाफको ५१औं मिनेटमा ड्यानी आल्भेसले फ्रिकिक मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसको १२ मिनेटपछि आल्भेसको पासमा एड्रीएन राबिओटले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिएको थियो। खेलमा थप गोल हुन नसकेपछि पिएसजीले सिजनको सुरुवातमै उपाधि जितेको छ।
म्याड्रिड जाने हल्लाले गर्दा केहि दबाबमा परेका बाप्पेले राम्रो खेल्न नसकेपछि प्रशिक्षकले उनलाई दोश्रो हाफमा परिवर्तन गरेका थिए। यता बार्सिलोनाको नजरमा परेका मार्को भेर्राट्टीले भने उत्कृष्ट प्रदर्शन गरे।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]