8 years ago
July 30, 2017
काठमाडौँ – अखिल नेपाल फुटबल संघले यहि साउन महिनाको दोश्रो साताबाट सुरु गर्ने भनिएको प्रथम राष्ट्रपति महिला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ। एन्फाले यसअघि तीन विभागबाट २/२ टोली गरेर ६ टोलीको होम र अवे पद्दतिमा प्रथम राष्ट्रपति महिला लिग खेलाउने अवधारणा सार्वजनिक गरेको थियो।
एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एवं प्रवक्ता इन्द्रमान तुलाधरले प्रतियोगिता स्थगित भएको जानकारी हाम्रो खेलकुद डट कमलाई दिए। ‘हामीले साउन महिनाको दोश्रो सातादेखि गर्ने लक्ष्य लिएका थियौं तर विविध कारणले गर्दा उक्त लिग दशैं-तिहारपछि मात्र सम्भव हुने भएको छ।’
एन्फाले यसअघि जेठको दोश्रो सातामा २८ जिल्ला समेटेर एन्फा महिला लिग संचालन गरेर त्यसबाट ४४ उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको थियो। उक्त प्रशिक्षणबाट ३० जना उत्कृष्ट खेलाडी छनोट गरेर विभागलाई दिने र त्यसैबाट प्रत्यक विभागका २/२ टोली सम्मिलित गरि ६ टोलीको डबल राउण्ड रोबिन लिग गराउने कार्यक्रम रहेको थियो।
तर, विभागबाट सुरुवातमा सहमति भएपनि पछि केहि कठिनाइ आएको प्रवक्ता तुलाधरले बताए। ‘हामीले जेठको प्रतियोगिता गर्नुअघि सबै विभागसँग सहमति गरेका थियौं। तर अहिले खेलाडीहरु छनोट गरेर प्रशिक्षणमा सामेल भइसकेपछि भने केहि विभागले खेलाडी राख्न असमर्थ रहेको बताए। त्यसकारण सोमबार सबै खेलाडी घर फर्कंदै छन्।’
४४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ३६ खेलाडी सुरुवातदेखि प्रशिक्षणमा सहभागी भएका थिए। एन्फाले प्रशिक्षक अरुण गुरुङ र अस्मिता खवासलाई जिम्मेवारी सुम्पेर विगत ३ सातायता दशरथ रंगशालामा प्रशिक्षण संचालन गर्दै आएको थियो।
तुलाधरले अब उक्त लिग दशैंपछि मात्र गर्न सम्भव हुने बताए। ‘एन्फाले दशैंपछि पुन: एकपटक विभागहरुसँग छलफल गरेर सोहि अनुसार लिग गर्न प्रयास गर्नेछ। यदि विभागहरु सहमत नभएको खण्डमा एन्फा आफैंले प्रशिक्षणमा रहेका खेलाडीबाट टोली बनाएर लिग संचालन गर्ने सम्भावना पनि छ। यस विषयमा अहिले केहि टुङ्गो लागेको छैन। हामी फेरी बैठक बसेर यसबारे निर्णय लिनेछौँ।’
पुरुषको लिग बारम्बार स्थगित भइरहेको अवस्थामा महिला लिग पनि हुन नसक्नुले घरेल फुटबलको गतिविधि शुन्यप्राय छ। यद्दपी एन्फाले उमेर समुहको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भने लगातार सहभागिता जनाइरहेको छ। एसियन कप छनोट चरण अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलका लागि पुरुष राष्ट्रिय टोलीको प्रशिक्षण पनि निरन्तर जारी छ भने महिला राष्ट्रिय टोलीले पनि साताको २ पटक प्रशिक्षण गरिरहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]