8 years ago
July 30, 2017
लन्डन (एजेन्सी) – इङ्गल्याण्डका राष्ट्रिय फुटबल टोलीका सदस्य एवं एभर्टनका मिडफिल्डर रस बार्क्लीलाई भित्र्याउन ६ ओटा प्रिमियर लिग क्लबले इच्छा जताएका छन्। यसअघि एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्क्लीले यस सिजन क्लब छाड्ने पक्का रहेको बताएका थिए।
प्रशिक्षक कोम्यानले बार्क्लीले अब एभर्टनको लागि नखेल्ने शत प्रतिशत पक्का भएको बताएका थिए। यससँगै केहि इङ्गलिस क्लबले बार्क्लीलाई आफ्नो क्लबमा भित्र्याउने प्रारम्भिक प्रक्रिया सुरु गरिसकेका छन्। पछिल्लो सिजनको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीले बार्क्लीलाई किन्न खोजेपनि एभर्टनले ५० मिलियन पाउण्डको माग राखेपछि सिटी पछि हटेको थियो। यसपटक भने सिटीले केहि कम रकममा उनलाई भित्र्याउने प्रयास गर्नेछ।
यता ट्रान्सफरमा केहि शान्त रहको टोटेनहम हट्स्परले पनि बार्क्लीको लागि प्रक्रिया थाल्ने बुझिएको छ। यस सिजन खुलेर खर्च गरिरहेको चेल्सी र म्यानचेस्टर युनाइटेडको नजरमा पनि बार्क्ली रहेको बुझिएको छ। आर्सनलले भने एलेक्सिस स्यानचेजले क्लब छाडेको खण्डमा बार्क्लीको पछाडी लाग्ने सम्भावना छ।
वेष्ट ह्यामले औपचारिक रुपमा एभर्टनलाई प्रस्ताव नराखेपनि प्रशिक्षक स्लाभेन बिलीचले बार्क्लीको प्रशंसा गरेका छन्। उनले क्लबको आर्थिक स्थिति हेरेर सकेको खण्डमा आवश्यक कदम चाल्ने बुझिएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]