8 years ago
July 30, 2017
बुकारेस्ट (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय फुटबल टोली एवं बार्सिलोनाका पूर्व फरवार्ड रिभाल्डोका छोरा रिभाल्डिन्होले युरोपा लिगमा उत्कृष्ट गोल गरेका छन्। रोमानियाको शीर्ष डिभिजन क्लब डिनामो बुकारेस्टबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले स्पेनिस क्लब एथलेटिक बिलबाओ विरुद्ध गोल गरेका हुन्।
रिभाल्डिन्होले घरेलु टोली डिनामो १-०ले पछि परेको स्थितिमा ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। दर्शक दिर्घामा रहेका रिभाल्डो उनको गोलमा एकदम हर्षीत देखिएका थिए। रिभाल्डिन्होको गोलको मद्दतले डिनामोले खेल १-१को बराबरीमा सकेको थियो।
२२ वर्षीय रिभाल्डिन्हो यसअघि ब्राजिलियन टोली इन्टरनासिओनालमा आबद्ध भएपनि त्यहाँ खेल्न पाएका थिएनन्। उनी यसै वर्ष डिनामोसँग आबद्ध भएका हुन्। उनले टोलीका लागि ३ गोल गरिसकेका छन्। दोश्रो लेगको खेल अर्को साता बिलबाओको घरेलु मैदान सान मामेसमा हुनेछ।
यसअघि सन् २०१५मा ब्राजीलको दोश्रो श्रेणीको लिगमा दुवै बाबुछोराले मोगी मिरिम नामक क्लबबाट खेलेका थिए। लिगको एक खेलमा दुवैजनाले गोल गरेर अनौठो कीर्तिमान आफ्नो नाम लेखाएका थिए। रिभाल्डिन्होले अहिलेसम्म सिनियर करियरमा ८६ खेलमा १९ गोल गरेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]