8 years ago
July 31, 2017
ओस्लो (एजेन्सी)– प्रि सिजनमा अमेरिका भ्रमणको अन्तिम खेल गुमाएको म्यानचेस्टर युनाइटेडले गएराती मैत्रीपूर्ण खेलमा भालेरेन्गालाई हराएको ३–० ले हराएको छ ।
पहिलो हाफमा माराउने फिलानीले हेड गोलमार्फत अग्रता दिलाएको खेलमा रोमेलु लुकाकु र स्कट म्याकटोमेनेले गोल गरेका थिए । इन्टरनेसनल च्याम्पियन्स कपमा बिहीबार युनाइटेड बार्सिलोनासँग पराजित भएको थियो ।
टर्की गालातासारे जाने चर्चाका बीच २९ वर्षे फिलानी आइबारको खेलमा पहिलो रोजाइमा परेका थिए । युनाइटेडले नेमान्जा माटिकलाई भित्राउने लगभग पक्का भएपछि फिलानी नर्वे जाने चर्चा चलेको छ ।
तुलानात्मक रुपमा बलियो मानिएको युनाइटेडले सुरुवातदेखि खेलमा नियन्त्रण बनाएको थियो । ४४ औं मिनेटमा हेनरिक माखातारियनको क्रसमा बेल्जियन फिलानीले हेडमार्फत गोल गरेका थिए ।
प्रशिक्षक जोसे माउरिन्होले दोस्रो हाफमा ९ खेलाडी परिवर्तन गरे । दोस्रो हाफको दोस्रो मिनेटमा युनाइटेडका लागि लुकाकुले गोल गरे । कर्नरमा आएको बलमा लुकाकुले हेडमार्फत गोल गरे । ७० औं मिनेटमा म्याकटोमेने सिनियर टोलीका लागि पहिलो पटक गोल गरे ।
युनाइटेडले बुधबार साम्पडोरियासँग प्रिसिजनको अन्तिम खेल खेल्नेछ । त्यसपछि टोलीले अगस्ट ८ मा रियल म्याड्रिडसँग युइएफए सुप कप खेल्दै सिजनको सुरुवात गर्नेछ ।
सोमबार ११ :२३ सम्पादन गरिएको
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]