8 years ago
July 31, 2017
मिलान (एजेन्सी) – ज्लाटान इब्राहिमोभिच चोटमुक्त भएर फर्कदा फेरी एक पटक क्लबमा भित्राउन एसी मिलानले म्याचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । इब्राहिमोभिच घुँडाको चोट ठिक हुने क्रममा रहेका छन् ।
नयाँ बर्षसम्म मैदान बाहिर रहने अनुमान गरिएको इब्राहिमोभिचलाई जनवरीको सरुवामा भित्राउने एसी मिलानको योजना रहेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । मिलानले अहिले टोली पूर्न निर्माणमा खर्च गरिरहेको छ ।
इटालियन पत्रिका टुटोस्पोर्टसले इब्राहिमाभिच पनि मिलान फर्कन चाहेको उल्लेख गरेको छ । ३५ वर्षे स्वीडिस फरवार्डले यसअघि दुई सिजन मिलानमा बिताइसकेका छन् । सन् २०१० मा लोनमा मिलान पुगेका उनी अर्को बर्ष त्यहाँका स्थायी खेलाडी बनेका थिए । उनले मिलानबाट ७७ खेलमा ५१ गोल गरेका थिए ।
तर, इब्राहिमोभिचको यात्रा त्यहाँ लामो हुन सकेन । २०१२ मा १५.७ मिलियन युरोमा उनी फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भए । पिएजसीमा उनको खेल जीवनमा निकै उचाई लियो । त्यहाँको लामो बसाईपछि उनी पछिल्लो सिजन युनाइटेड पुगेका थिए । इब्राहिमोभिच पनि चीनियाँ मालिक रहेको मिलानमा आकर्षित रहेको अनुमान गरिएको छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]