default_image

8 years ago

July 31, 2017

बार्सिलोनाबाट २५ मिलियन लिंदै नेयमार पिएसजी लागे

142 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड नेयमार पिएसजी जाने हल्ला यस सिजनको ट्रान्सफर विन्डो सुरु भएदेखिनै सुनिंदै आएको हो। बार्सिलोनाले माग गरे बमोजिम पिएसजीले रिलिज क्लज तिर्न तयार रहेको भएपनि नेयमारको स्थानान्तरण भने हुन सकेको थिएन। अन्तत: केहि दिनमै नेयमार पिएसजी जाँदैछन् र जाँदाजाँदै नेयमारले बार्सिलोनाको तर्फबाट २५ मिलियन युरो पाउने भएका छन्। 

सन् २०१३मा नेयमारलाई भित्र्याउन रियल म्याड्रिड र बार्सिलोनाको घम्साघम्सीनै चलेको थियो। उक्त समयमा नेयमारलाई भित्र्याउन सफल रहेको बार्सिलोनाले उनलाई लोभ्याउन विशेष बोनसको व्यवस्था गर्यो। क्लबमा ४ वर्ष बिताएको खण्डमा उनले २५ मिलियन पाउण्ड पाउने प्रावधान सम्झौतामा उल्लेख गरियो। उक्त सम्झौता ३१ जुलाई २०१३मा गरिएको थियो र सोमबार उक्त ४ वर्षे सम्झौता कार्यान्वयन हुने भएको छ। नेयमारका पिताले जानाजान पिएसजी जाने प्रक्रियामा ढिलाई गरेको बुझिएको छ।

ब्राजिलमा रहेका स्थानीय मिडियाहरुले नेयमारका पिताले जानेरै पिएसजीलाई अगष्टको सुरुवातमा मात्र औपचारिक कदम चाल्न आग्रह गरेका थिए।  नेयमार मंगलबार पिएसजीमा जाँदा उनले बार्सिलोनाले तिर्ने ‘लोयल्टी बोनस’ स्वोरुप २५ मिलियन युरो पनि पाउनेछन्। नेयमारका पिता नेयमार सिनियरले उनको सम्पूर्ण कागजात लगायतका कामहरु सम्हाल्दै आएका छन्।

यसअघि नेयमारले पिएसजी जाने पक्का भएर नै डिफेन्डर ड्यानी आल्भेसलाई फ्रान्स जान सुझाएका थिए। आल्भेसको म्यानचेस्टर सिटी जाने लगभग पक्का भएपनि नेयमारको आग्रहका कारणनै उनि पिएसजी पुगेका थिए। नेयमारले पिएसजीमा रहेर छुट्टै इतिहास लेख्ने लक्ष्य राखेको बुझिएको छ। अहिले चीनमा रहेका नेयमार केहि दिनमै फ्रान्स पुग्नेछन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.