8 years ago
July 31, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रशिक्षक जोसे मोउरिन्होले मिडफिल्डर नेमान्जा म्याटिचलाई चेल्सीबाट म्यानचेस्टर युनाइटेडमा भित्र्याएका छन्। सर्बियाको राष्ट्रिय टोलीका नियमित सदस्य रहेका म्याटिचलाई क्लबमा अनुबन्धन गर्न युनाइटेडले ४० मिलियन पाउण्ड खर्चेको हो।
२८ वर्षीय म्याटिच मोउरिन्होले यस ट्रान्सफर विन्डोमा भित्र्याएका तेश्रा खेलाडी हुन्। यसअघी युनाइटेडले बेन्फिकाबाट भिक्टर लिन्डेलफलाई ३१ मिलियन पाउण्ड र एभर्टनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन पाउण्ड तिरेर क्लबमा ल्याएको थियो। म्याटिचले क्लबमा ३ वर्षको लागि सम्झौता गरेका छन्। उनले यसअघि बास्टियान स्वाइन्सटाइगरले प्रयोग गरेको ३१ नम्बरको जर्सी प्रयोग गर्नेछन्।
प्रशिक्षक जोसे मोउरिन्होले म्याटिचलाई टोलीका लागि डटेर खेल्ने खेलाडी रहेको बताए। ‘म्याटिच एक टिमका लागि खेल्ने खेलाडी हुन्। उनिसँग एक फुटबलरमा हुनुपर्ने सम्पूर्ण गुणहरु छन्।‘
म्याटिचले पनि म्यानचेस्टरमा आउन पाउँदा निकै उत्साहित रहेको बताए। ‘जोसे मोउरिन्हो जस्तो प्रशिक्षकसँग फेरी काम गर्न पाउनु निकै ठुलो अवसर हो, मैले यसलाई नकार्न सकिन। म युनाइटेडको आगामी सिजनलाई लिएर निकै उत्साहित छु।‘
‘मेरो चेल्सीमा रहँदाको समय निकै रमाइलो रह्यो र म उक्त क्लब र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु। अब म नयाँ क्लब र समकक्षीसँग रहेर नयाँ यात्रा तय गर्न पूर्ण रुपमा तत्पर छु।‘
मोउरिन्होले म्याटिचलाई दोश्रोपटक अनुबन्धन गरेका हुन्। यसअघी चेल्सीमा रहँदा सन् २०१४मा मोउरिन्होले बेन्फिकाबाट २१ मिलियन पाउण्डमा म्याटिचलाई इङ्गल्याण्ड ल्याएका थिए। २००९मा चेल्सी आएका म्याटिच २०११मा डेबिड लुइज चेल्सी आउँदा बेन्फिका पुगेका थिए।
गत सिजन प्रिमियर लिगका ३५ खेल खेलेका म्याटिचले १ गोल गरेका थिए। उनले एफए कपको सेमिफाइनल खेलमा पनि महत्त्वपूर्ण गोल गरेका थिए। चेल्सीमा २२ वर्षीय मिडफिल्डर टिएमो बाकायोको आएसँगै म्याटिचको क्लबबाट बाहिर जाने हल्ला सुनिएको थियो। युभेन्टसले म्याटिचलाई भित्र्याउने प्रयास गरेपनि उनले मोउरिन्होलाई रोजेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]