8 years ago
July 31, 2017
लन्डन(एजेन्सी)– प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अझै साता भन्दा पनि बढी बाँकी छ । तर चेल्सीका नयाँ स्ट्राइकर अल्भारो मोराटा भने क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज नगइ बसिरहन सकेनन् । रियल म्याड्रिडबाट उनी चेल्सी पुग्दा टोलीका अन्य सदस्य चीन र सिगांपुरको यात्रामा निस्किसकेका थिए ।
त्यसैले उनी पनि लन्डनबाट एसिया भ्रमणमा निस्केका थिए । जसका कारण उनले चेल्सीको मैदानको अनुभव गर्न पाएका थिएनन् । तर, लन्डन फर्केको केही दिन पछि सोमबार नयाँ श्रीमती एलिसीलाई लिएर पहिलो पटक मैदान पुगेका थिए । मोराटाका श्रीमान् श्रीमतीले मैदान भित्र प्रवेश गरेर फोटो पनि खिचेका थिए ।
फोटो इस्टाग्राममा राख्दै मोराटाले लेखका छन्,‘तिमिलाई भेट्नका लागि मैले कुर्न सकिन ।’ यद्दपी घरेलु मैदानमा खेलको अनुभवका लागि पनि उनले धेरै समय कुर्नु नर्प सक्छ । चेल्सीले अगस्ट १२ मा बनर्लिसँग खेल्दै प्रिमियर लिगको नयाँ सिजनको यात्रा सुरु गर्नेछ ।
तर , साविक विजेता समेत रहेको चेल्सीले उपाधि रक्षाको अभियान सुरु गर्नु साताअघि कम्युनिटी सिल्ड खेल्नु पुर्नेछ । चेल्सी र आर्सनलबीच कम्युनिटी सिल्डको खेल हुनेछ । मेको एफए कपको फाइनलका रुपमा कम्युनिटी सिल्डलाई हेरिएको छ । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने मोराटाले आफुलाई सुधार गर्नुपर्ने बताएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]