8 years ago
August 1, 2017
सिकागो (एजेन्सी) – रियल म्याड्रिडका पूर्व खेलाडी एवं फिफा प्लेयर अफ द इयरका पूर्व विजेता ब्राजिलियन मिडफिल्डर काकाले प्रि सिजनको खेल अन्तर्गत रियल म्याड्रिडको सामना गर्ने भएका छन्। हाल अमेरिकामा रहेको स्पेनिस च्याम्पियन रियलले एमएलएस (मेजोर लिग सकर)को अल स्टार टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
बुधबार हुने खेलमा अर्लान्डो सिटीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका मिडफिल्डर काकासँगै सिकागो फायरका बास्टियान स्वाइन्सटाइगर, टिम हवार्ड लगायतका खेलाडीहरु अल स्टार टोलीबाट खेल्नेछन्। गत सिजन आर्सनलविरुद्ध भएको खेलमा इङ्गलिस टोलीले २-१को जित हात पारेको थियो।
अल स्टार टोलीमा सन्डरल्याण्डका पूर्व स्ट्राइकर जोजी अल्टिडोर, टोटेनहमका पुर्व खेलाडी जिओभानि दस स्यान्टोस, रोमाका पूर्वखेलाडी माइकल ब्राडली पनि रहनेछन्। यसैगरि स्पेनका लागि युरो एवं विश्वकप जितेका फरवार्ड डेबिड भिल्ला पनि अल स्टार टोलीमा रहनेछन्।
बुधबार हुने खेलमा रियल म्याड्रिडका लागि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबाहेकका सबै खेलाडी उपस्थित हुनेछन्। अमेरिका टुरमा रहेर कुनै खेल जित्न नसकेको म्याड्रिडले यस अन्तिम खेलमा सुखद नतिजा निकाल्ने प्रयास गर्नेछ। म्याड्रिडले अर्को साता हुने यूइएफा सुपर कपमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]