default_image

8 years ago

August 2, 2017

सान्चेज आर्सनलको प्रशिक्षणमा फर्किए

147 views

0 Bookmark

लन्डन (एजेन्सी)– आर्सनलका स्टार एलेक्स सान्चेज प्रि सिजन प्रशिक्षणका लागि मंगलबार टोलीमा फर्केका छन् । चिलियन स्ट्राइकर आइतबार नै लन्डन पुगेपनि केही विसन्चोका कारण उनी दुई दिनपछि मात्र प्रशिक्षणमा सामेल भएका थिए । उनी क्लबमा नफर्कि अर्को क्लब जान्छन् भन्ने चिन्ता पनि चलेको थियो । पिएसजी र म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यका रुपमा हेरिएको थियो । त्यसका वावजुद सान्चेज टोलीमा फर्केका छन् ।


सान्चेजको मुस्कुराउँदै गरेको तस्बिर आर्सनलले ट्विट गर्दै लेखेको छ,‘हेर प्रशिक्षणमा को फर्केको छ।’ यसअघि प्राइभेट जेटमा लन्डन आउनुअघि सान्चेजले आफ्ना दुई कुकुरसँगको फोटो सार्वजनिक गरेका थिए। आइतबार नै सान्टियागो विमानस्थलमा उनका वकिल रुविन इनोस्ट्रोजोसँगको फोटो सार्वजनिक भएको थियो । पछि पेरिसबाट उनी लन्डन पुगेका थिए।

फ्रान्सको छोटो बसाईमा उनलाई केही समर्थकले पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेको हो भन्ने जिज्ञासा राखेका थिए। सिटीका समर्थकले भने उनी अनी म्यानचेस्टर आउने अपेक्षा गरेका थिए। तमाम अनुमानका बीच सान्चेज आर्सेन वेङ्गरको प्रशिक्षणमा रहेको टोलीमा फर्केका छन्। च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण सान्चेज सिटी जाने धेरैको अनुमान थियो। तर एक वर्ष सम्झौता क्लबमा अझै बाँकी रहेका कारण प्रशिक्षक वेङ्गर भने उनलाई विक्रि गर्ने पक्षमा थिएनन्।

‘यहाँ कुनै घटनाक्रमको विकास भएको छैन। उनको भविष्य सधै उस्तै रहनेछ। उनी यहि रहनेछन्’ वेङ्गरले सान्चेजका बारे गत साता भनेका थिए, ‘उनले के भनेका थिए म यहाँ सार्वजनिक गर्न चाहन्न। क्लब र खेलाडीबिचको गोप्य कुराकानी म सार्वजनिक गर्न सक्दिन।’ गत सिजन ३० गोल गरेका सान्चेजले १९ एसिस्ट गरेका थिए। टोलीमा सबैभन्दा उच्च प्रदर्शन सान्चेजकै रहेको थियो। केही सञ्चारमाध्यमले भने सिटीले सान्चेजका लागि प्रति साता ३ लाख २० हजार पाउन्ड र च्याम्पियन्स लिगको अलग बोनसको समेत प्रस्ताव गर्न सक्ने जनाएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.