default_image

9 years ago

November 19, 2015

‘१९९३ सार्क गोल्ड कप’ देखि ‘२०१५ साफ च्याम्पियनशिप’ सम्मको यात्रा

100 views

0 Bookmark

सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ|

SAFF 1993 to 2015

विभिन्न साफ च्याम्पियनशिपमा प्रयोग गरिएका लोगोहरु

दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो रह्यो| लिग चरणमा खेलिएको उक्त प्रतियोगितामा नेपाल दुइ अंक सहित तेश्रो स्थानमा रह्यो|

१९९५मा आयोजित दोश्रो संस्करणमा “दक्षिण एसियाली गोल्ड कपको नाममा प्रतियोगिता श्रीलंकामा हुने तय भयो| माल्दिभ्सले अन्तिम समयमा नाम निकालेपछि बंगलादेश सहित पाँच राष्ट्र सम्मिलित प्रतियोगिता आयोजक श्रीलंकाले जित्यो| साविक विजेता भारतलाई फाइनलमा हराउदै श्रीलंकाले सो प्रतियोगिता जितेको थियो|

“साफ च्याम्पियनशिप” नाम राखेर सन् १९९७मा नेपालले प्रतियोगिताको आयोजना गर्यो| माल्दिभ्स सहित छ राष्ट्रले भाग लिएको प्रतियोगिता भारतले दोश्रो पटक जित्यो| बंगलादेशलाई हराउदै भारतले पुन: उपाधि आफ्नो पोल्टामा पार्यो| काठमाडौँमा आयोजित उक्त प्रतियोगितामा नेपालले समूह चरण पनि पार गरेन|

भारतको गोवामा १९९९मा आयोजित प्रतियोगिता पुन: भारतले जित्दै दक्षिण एसियामा आफ्नो प्रभुत्व कायमै राख्यो| दुइ-दुइ वर्षको अन्तरालमा हुने भनिएतापनि २००१मा साफ च्याम्पियनशिप हुन सकेन र अर्को संस्करण २००३मा बंगलादेशमा खेलियो| भारत पहिलोपटक फाइनल पुग्न नसकेको उक्त प्रतियोगिताको उपाधि आयोजक बंगालदेशले जित्यो|

छैटौं संस्करणका लागि साफ पुन: पाकिस्तान पुग्यो| पहिलो संस्करण आयोजना गरेको कराचीमा यसपल्ट पनि उही विजेता दोहोरियो| फाइनलमा साविक विजेता बंगलादेशलाई हराउदै भारतले चौथो उपाधि जित्यो|

सन् २००८मा पहिलोपटक दुइ राष्ट्रले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरे| साविक विजेता भारतलाई स्तब्ध पार्दै माल्दिभ्स सो प्रतियोगिता जित्न सफल रह्यो|

भारतले आयोजना गर्ने भनिएको आठौँ संस्करण विविध कारणवश बंगलादेशले आयोजना गर्ने भयो| सन् २००९मा आयोजित सो प्रतियोगिता भारतले पाँचौ पटक जित्यो| अन्य कुनै देशले एक भन्दा बढी पटक नजितेको सो प्रतियोगितामा भारतले आफ्नो प्रभुत्व कायमै राख्न सफल रह्यो| पाँचौ उपाधि हात पर्ने क्रममा भारतले माल्दिभ्सलाई यसअघिको संस्करणको बदला लिदै खुसि मनायो|

साफको नवौं संस्करण भारतको दिल्लीमा आयोजना भयो| अफगानिस्तानको चुनौतीलाई पार लगाउदै भारत पुन: एकपटक दक्षिण एसियाको च्याम्पियन भयो| पहिलोपटक फाइनल पुगेको अफगानिस्तानको भारतसामु केहि लागेन र आयोजकले छैटौं उपाधि जित्यो|

नेपालमा आयोजित दशौँ संस्करणमा दक्षिण एसियाले नया च्याम्पियनपायो| यसअघिको संस्करणको फाइनल दोहोरिएको खेलमा अफगानिस्तानले भारतलाई हराउदै उपाधि जित्यो| नेपाललाई सेमी-फाइनलमा हराएको अफगानिस्तानले फाइनल सहजै आफ्नो बनाएको थियो|

आगामी डिसेम्बर महिनामा साफको ११औं संस्करण भारतको केरलामा हुदैछ| त्रिबेन्द्रम रंगशालामा हुने प्रतियोगितामा आठ टोलि समावेश हुनेछण र समूह पनि विभाजन भइसकेको छ|

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.