default_image

9 years ago

November 20, 2015

एन्फाको अवस्था बुझ्न एएफसी प्रतिनिधि आउंदै

85 views

0 Bookmark

दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल

काठमाडौं, मंसिर ४

भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ ।

afc

भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा उभिएकाले पनि अहिले वैधानिकताको अन्यौलता बढेको हो । थापाको नेतृत्वमा संस्थापन पक्षले विरोधीलाई निलम्बन गर्नु र अर्को पक्षले त्यसलाई अस्वीकार गर्नुले पनि नेतृत्व विवाद अझै केहि समय लम्बन सक्छ । यस्तै परिस्थितिलाई मध्यनजर गर्दै एएफसीले प्रतिनिधि पठाउन लागेको हो । विवादित दुवै पक्ष, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्यि खेलकुद परिषद् (राखेप)सँगको छलफलपछि प्रतिनिधिले नेपालको वर्तमान समस्या र समस्या समाधानको उपाय एएफसीलाई सुझाउने श्रोत बताउँछ ।

फुटबलको अहिले अन्यौलतालाई चिर्न एएफसीले दिने समाधानको पक्षलाई दुवै पक्षले स्वीकार एन्फा नेतृत्व तत्काललाई टर्ने छ भने नयाँ निर्वाचनका लागि बाटो खुल्नेछ । श्रोतका अनुसार आफ्नो सुझाव अनुसार अघि नबढे चुनावी तदर्थ समिति गठन गर्ने सम्भावना रहन्छ । त्यसमा राखेपले खेल्ने ठाँउ पनि हुन सक्छ । फुटबलको आन्तरिक विवादका नाममा मन्त्रालय वा राखेपले हस्तक्षेप गर्ने प्रयास गरे त्यसलाई एएफसीले स्वीकार्ने सम्भावना रहन्न । हस्तक्षेप त फुटबलका दुवै पक्ष पनि पक्कै चाहदैनन् । दुवै पक्षले एएफसीको निर्णयलाई मान्छु भनेबाट हस्तक्षेप स्वीकार्य छैन भन्ने बुझिन्छ । यति बेला विवादित दुई पक्षबीच सहजकर्ताको अभाव छ त्यो अभावलाई प्रतिनिधिमार्फत एएफसीले गर्ने प्रयास थालेको बुझिन्छ ।

कर्मा छिरिड शेर्पाको नेतृत्वमा रहेको फुटबल शुद्धिकरण अभियानद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलनले एएफसीको निर्णयलाई स्वीकार गर्ने बताइसकेको छ । तर संस्थापन पक्ष शेर्पा पक्षलाइ स्वीकार्ने मुडमा देखिन्न । तर, एएफसीको निर्देशन मान्न आफुहरु बाध्य हुनेमा विवादित दुवै पक्ष जानकार छन् । फिफाको एथिक्स कमिटिले सोमबार मात्र चार बर्ष लामो अनुसन्धानपछि थापाले भ्रष्टाचार गरेको भन्दै उनीलाई १० बर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ आर्थिक जरिवाना तोकेको छ । थापाको बर्हिगमनसँगै एन्फाको आउने दिन कस्तो हुने र नेतृत्वमा को रहने भन्ने प्रश्न खडा भएको छ । फुटबलमा गत बर्षबाटै स्पष्ट दुई धार प्रस्ट छ । एउटा थापाले नेतृत्व गरेको संंस्थापन पक्ष र अर्को थापासँगै २०७० मा एन्फा उपाध्यक्षमा निर्वाचित भएका कर्मा छिरिड शर्पाको अगुवाइमा ।

थापा अध्यक्ष रहँदै स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै शेर्पा,अन्य दुई उपाध्यक्ष विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभासम्मका लागि प्रतिबन्ध लगाएको थियो । थापाको अध्यक्षमा त्यहि बैठकमा वरिष्ठ उपाध्यक्षमा नरेन्द्र श्रेष्ठलाई तथा उपाध्यक्षमा वीरबहादुर खड्का, मणी कुवर र सन्तोष बानियालाई मनोनित गरेको थियो । जेठ अन्त्यमा कार्यवहाक अध्यक्ष समेत रहेको वरिष्ठ उपाध्यक्ष लतिलकृष्ण श्रेष्ठको मृत्य भएपछि त्यो पद खालि थियो । त्यो मनोनयलाई शेर्पा समूहले मानेको छैन । आफुमाथि कारवाही हुने संकेत पाएकै कारण हतार हतार थापाले चार जनालाई मनोनित गरेका थिए । संस्थापन पक्षले थापा कारवाहीमा पर्ने वित्तिकै नरेन्द्र श्रेष्ठ कार्यवहाक मानेको छ । फिफा र एएफसीले आफ्नो साइटमा थापाको नाम हटाएर श्रेष्ठलाई कार्यवहाक अध्यक्ष उल्लेख गरेपछि त्यसले संस्थापनपक्षले आफुलाई बलियो मानेको छ ।

विवादित दुवै पक्ष एएफसीले आफ्नो पक्षमा निर्णय दिनेमा आशावादी छन् । दुई पक्ष मिलेर अघि बढ्न तयार हुन्छन् वा आ आफ्नो अडानमा कायम रहन्छ, एन्फाको भविष्य त्यसैले निर्धारण गर्नेछ । अहिले पनि संस्थापन पक्षमा थापाको इच्छा विपरित जाने सम्भावना कम छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.