default_image

8 years ago

November 20, 2015

एष्ट्रो टर्फले ल्याएको परिवर्तन

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]

52 views

0 Bookmark

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ|

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ उपाधि र यु-१६को ए.एफ्.सी च्याम्पिएनसिपको प्रदर्शनमा एष्ट्रो टर्फको ठुलै हात छ|

यसका साथै राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि एष्ट्रो टर्फले ठुलो सहयोग पुगेको छ| विगतमा पनि एकेडेमीमा खेल मैदान नभएको भने हैन, तर पहिलाको मैदान प्राकृतिक घाँसको भएपनि मौसम र नियमित प्रयोगका कारण त्यहाँ घास भएको कमै देख्न पाइन्थ्यो| घाम लाग्ने मौसममा धुलो र वर्षातको मौसममा हिलो हुने मैदानमा खेलाडीहरुले खेलका साथसाथै आफ्नो स्वास्थ्य अवस्थाबारे पनि चिन्ता लिनुपर्ने अवस्था थियो| तर एष्ट्रो टर्फको स्थापना भएसंगै यस्तो समस्या निर्मुल भयो र खेलाडीहरुको प्रशिक्षण पनि नियमित भयो| प्राकृतिक मैदान हुँदा कहिले त प्रशिक्षण गर्न नसकिने वातावरण पनि हुन्थ्यो तर एष्ट्रो टर्फ आएसंगै नियमित प्रशिक्षण गर्न पाइरहेको कुरा खेलाडीहरुले बताए|

देशव्यापी रुपमा खुला छनोटबाट छानिएर एन्फा एकेडेमीमा आउने खेलाडीहरुले आफुलाई तिखारेर राष्ट्रिय उमेर समुहको टोलीमी स्थान बनाउँछन्| सामान्यतया प्रत्यक समुहमा ३०जना खेलाडी छनोट गरिन्छन् र तिनलाई एन्फाले नै नियमित प्रशिक्षणका साथै आवास र शिक्षाको व्यवस्था गरिदिने प्रावधान रहिआएको छ| उमेर बढेसंगै खेलाडीहरुको विकास मध्यनजर गर्दै उनिहरुलाई माथिल्लो उमेर समुहमा स्थान दिइन्छ|

एष्ट्रो टर्फले एकेडेमी सञ्चालनका साथसाथै ग्रासरुट फुटबल विकासमा पनि निकै ठुलो भुमिका खेलेको छ| साप्ताहिक कार्यक्रम अन्तर्गत एन्फा कम्पलेक्समा साना देखि युवा सम्म सबै उमेर समुहलाई शनिवार प्रशिक्षणको व्यवस्था मिलाइएको छ| जोकोहि इच्छुक सर्वसाधारणले प्रशिक्षण लिन सक्ने र निकै राम्रो प्रदर्शन गर्नेलाई एकेडेमीमा सामेल गराउने प्रबन्ध पनि रहिआएको छ| मासिक रु.१००० तिरेर यस्तो व्यवस्था रहिआएकोमा खेलाडीहरुको संलग्नता निकै उत्साहपुर्ण रहेको छ| उमेर समुह अनुसार भिन्न भिन्न प्रकारको प्रशिक्षण र राष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने हुनाले युवाहरुको विकासमा ठुलो टेवा पुगेको छ|

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.