default_image

10 years ago

November 21, 2015

गणेश थापाविरुद्धको निर्णयमा अख्तियारको बचाउ

124 views

0 Bookmark

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाविरुद्धको भ्रष्टाचार उजुरी गत बर्ष तामेलीमा राख्ने गरेको निर्णयको बचाउ गरेको छ ।

Ganesh thapa

सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएपनि भ्रष्टाचार गरेको पुष्टि हुन नसकेको भन्दै अख्तियारले फागुनमा उजुरी तामेलीमा राखेको थियो ।

फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स कमिटीले सोमबार भ्रष्टाचारको अभियोगमा थापालाई १० बर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना गरेपछि अख्तियार विवादमा तानिएको थियो ।

फिफाले थापाको अनियमितता देख्ने तर अख्तियारले नदेख्दै भन्दै एन्फासँग असन्तुष्ट फुटबलकर्मीले पनि आलोचना गर्दै आएका छन् । निर्णयको बचाउन गर्ने क्रममा थापालाई फिफाले फरक प्रंसगमा कारवाही गरेको जनाउँदै अख्तियारका सह सचिव एवंम प्रवक्ताले शुक्रबार विज्ञप्तीमार्फत भनेका छन्,‘फिफाद्वारा अलग सन्दर्भ र विषयवस्तु माथि केन्द्रित रहेर थापा विरुद्ध गरिएको खेल गतिविधि माथिको वन्देजात्मक एवं जरिवाना सहितको कारवाही प्रसंगमा अनावश्यक रुपमा आयोगको समेत नाम जोडेर समाचार प्रकाशित र प्रसारित गरिएको कुरा प्रति आयोग खेद व्यक्त गर्दछ ।’

फिफाको इथिक्स कमिटीले सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको अभियोग लगाएको छ । लेखा समितिले विभिन्न १६ बुदामा छानविन गर्न दिएको विषयमा गम्भिर अनुसन्धान गरेको दाबी गर्दै प्रवक्ता पुस्करले अनियमितता पुष्टि हुन नसकेको दोहोराएका छन् । तथापी उनले तामेली निर्णय अन्तिम निर्णय नभएकाले प्रमाणका आधारमा तामेलीलाई पुन छानविन गर्न सकिने उल्लेख गरेका छन् ।

एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हमामबाट थापाका छोरा गौरवको बैंक खातामा प्राप्त १ लाख डलरको विषय छानविन गर्ने निकाय अख्तियार नभएको पनि पुस्करले विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले थपेका छन्,‘ आयोगले १ लाख डलरका विषयमा सम्पत्ति शुद्धिकरण विभागलार्य आवश्यक कारवाही गर्न लेखि पठाएको थियो ।’ अख्तियारले फिफाले थापामाथि गरेको कारवाही विषयमा प्रमाण संकलन सुरु गरेको उल्लेख गर्दै क्षेत्राधिकार भित्र परे अनुसन्धान अघि बढाउने समेत जनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.