पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ ।
लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो ।
विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन ।
समूह चरणमा नेपाल, भारत र श्रीलंका सँग परेको पाकिस्तान नखेल्दा भने नेपाललाई समूह चरण पार गर्न थप सहज हुनेछ ।