default_image

10 years ago

November 23, 2015

छानविन समिति गठन गरिने

244 views

0 Bookmark

काठमाडौं, मंसिर ७ गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन गर्ने भएको छ ।

3(2)राखेप सदस्य–सचिव केशवकुमार विष्टसहित नेपाली फुटबलको पछिल्लो अवस्था बारे जानकारी लिन मलेसियाबाट नेपाल आएका एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, एन्फा महासचिव धिरेन्द्र प्रधानबीच सोमबार भएको भेटमा सदस्य–सचिव विष्ट आफैले समितिको प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई भेटमा सहभागी सबैले समर्थन जनाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । दाहालका अनुसार केहि दिन भित्रै समिति बन्ने छ । समितिलाई सत्यतथ्य बुझी प्रतिवेदन पेश गर्न १ महिनाको समय दिइने छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटका दौरान थापाको आर्थिक अनियमितताका विषयमा जुन जुन निकायले छानविन गरिरहेको छ त्यसैलाई जिम्मेवारी दिने तथा एन्फालाई दीर्घकालीन रुपमा असर गर्ने नीतिगत निर्णय नगर्न सहमति भएको सदस्य–सचिव विष्टलाई उद्धृत गर्दै प्रेस सल्लाहकार दाहालले जानकारी गराए । क्यालेन्डर अनुसारको प्रतियोगिता सञ्चालन गर्न भने एन्फालाई रोक नलगाइने दाहालले जानकारी गराए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.