9 years ago
August 20, 2015
साफ यू १९ च्याम्पियनसिप
भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता
विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्याट्रिक पुरा गर्न सफल भए ।
नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ मिनट पश्यात सोनम तोग्बेले भुटानलाइ खेलमा बराबरीमा ल्याउन सफल भए ।
खेलको २९ र ६२ मिनटमा गोल गर्दै बिमलले आफ्नो ह्याट्रिक पुरा गरे । जित संसंगे नेपालले ३ अंक प्राप्त गर्न सफल भएको छ ।
नेपालले अर्को खेल बंगलादेश बिरुद्ध खेल्ने छ भने भोलिको खेल अफघानिस्तान र मल्दिवस बीच हुने छ ।
भुटान बिरुद्धको मेरो तिन नै गोलहरू | My Hat Trick goals again…भुटान बिरुद्ध मेरो तिन नै गोलहरू | सौजन्य Hamro KhelkudMy all hat trick goals against Bhutan.
Posted by Bimal Gharti Magar on Thursday, August 20, 2015
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]