10 years ago
November 23, 2015
एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसाग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसाग भेट गरेका हुन् ।
फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध लगाएपछि नेपाली फुटबलमा देखिएको विवाद र परिस्थितिको विषयमा अध्ययन गर्न एएफसीले कट्टेललाई प्रतिनिधिका रुपमा नेपाल पठाएको हो । सो अध्ययनको सिलसिलामा कट्टेलले एनओसीको राय बुझेको हो ।
एनओसीका अध्यक्ष श्रेष्ठले हरेक संघ आफ्नै स्विकृत विधान र विधि अनुसार चल्नुपर्ने मान्यता रहेको बताए । उनले एनओसीले जहिलेपनि संघहरुको स्वायत्तताको पक्षमा काम गरेको र संघहरुमाथिको हस्तक्षेप स्विकार गर्न नसकिने एएफसीका प्रतिनिधिलाई जानकारी दिए । तर एनओसीले सरकारसाग सम्न्वयन गरी नेपालमा खेलकुद विकासका लागि काम गर्नुपर्ने धारणा राखेका थिए ।
श्रेष्ठले एन्फाको अध्यक्ष र प्रथम उपाध्यक्षको विषयमा रहेको विवादलाई निर्वाचनको माध्यमबाट नेपाली फुटबलमा निकास दिनुपर्ने अवधारण प्रस्तुत गर्दै सो सम्बन्धमा एएफसीले एन्फालाई स्पष्ट गाइडलाइन दिनुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एन्फाका महासचिव धिरेन्द्र प्रधानको समेत उपस्थिती रहेको थियो । क्ट्टेलले एन्फा विवादको अध्ययन गरेर मलेसियामा रहेको हेडक्वार्टरमा प्रतिवेदन बुझाउने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]