default_image

8 years ago

August 19, 2017

नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्न सक्छन् – प्रशिक्षक इर्मी

110 views

0 Bookmark

पेरिस (एजेन्सी)– नेयमार विश्वकै उत्कृष्ट बन्ने सक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनेइ इर्मीले बताएका छन् । यो महिनाको सुरुआतमा मात्र ब्राजिलियन स्टार नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमामा पिएसजी पुगेका थिए ।

नेयमारले गत साता ‘डेब्यू’ गरेको खेलमा पिएसजीले गुइनगाम्पलाई ३–० ले पराजित गरेको थियो । जसमा नेयमारले एक गोल गर्नुका साथै इडिन्सन काभानीलाई गोलका लागि सहयोग गरेका थिए । नेयमारको आगमनले क्लब र उनी दुवैलाई अझै बलियो बनाउन मद्दत गर्ने इर्मीको भनाई छ । व्यक्तिगत रुपमा बालोन डि’ओर जित्नका लागि पनि नेयमारलाई मद्दत गर्ने उनको विश्वास छ ।

‘नेयमार उत्कृष्ट खेलाडी हुन् । उनी विश्वका उत्कृष्ट मध्येका एक हुन्,’ इर्मीले भने भने,‘तर, त्यसका वावजुद पनि ड्रिसिङरुममा उनी अन्य खेलाडीजस्तै सामान्य छन् । सबै खेलाडी राम्रो छन् । पिएसजीमा नेयमारको आगमनले अन्य खेलाडी पन खुसी छन् । हामी त्यहि चाहन्थ्यौं ।’

इर्मीले नेयमारसहित टोलीको विकास चाहेको उल्लेख गर्दै उनलाई विश्वको उत्कृष्ट खेलाडी बनाउन मद्दत गर्ने बताए । उनले थपे ‘हामी उनको लागि अझै राम्रो कसरी गर्न सकिन्छ भन्ने सोचिरहेका छौं । त्यसले हामी पनि उत्कृष्ट टोली बन्न सक्छौं ।’

पहिलो खेलमा नेयमारले गरेको प्रदर्शनबाट इर्मी सन्तुष्ट छन् । उनले गुइनगाम्पसँगको खेलमा रक्षात्मक भूमिकामा पनि साथ दिएका बताए । ‘नेयमारले केही विषेश थपे । उनले लयलाई तीब्र बनाउन सहयोग गरे । उनी टोलीमा राम्ररी घुलमिल भएका छन् । उनको अन्तिम पास, स्तर र गति तारिफ योग्य छ,’ उनले भने,‘ उनले हाम्रो स्तर बढाउन पनि मद्दत गरे । व्यक्तिगत रुपमा र सामूहिक रुपमा पनि उनको प्रदर्शन उच्च थियो । उनले थुप्रै मौका सृजना गर्न पनि भूमिका खेले ।’

प्राविधिक रुपमा पनि उनी सबै चिज गर्न सक्षम रहेको उल्लेख गर्दै प्रशिक्षक इर्मीले भने,‘ उनले आक्रमणमा धेरै भूमिका खेले । ९० मिनेटमा खेलमा उनले रक्षण क्षेत्रमा पनि ध्यान दिए । शारीरिक अवस्थाले पनि उनी सबै गर्न तयार छन् ।’ पिएसजीले आइतबार टाउलोसेको सामना गर्नेछ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.