8 years ago
August 24, 2017
मोनाको (एजेन्सी) – रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षाका लागि समूह चरणमा बरुसिया डर्टमन्डसहित अन्य दुई क्लबको सामना गर्नु पर्नेछ । मोनाकोमा आज भएको ड्रमा रियल र डर्टमन्डसँगै समूह ‘एच’ मा ग्यारेथ बेलको पूर्व क्लब टोटेनह्याम र एपोएल रहेका छन् ।
पूर्व विजेता बार्सिलोना र युभेन्ट्स सहित समूह ‘डी’ मा ओलम्पियाकस र स्पोर्टिङ क्लब रहेका छन् । त्यस्तै प्रिमियर लिग च्याम्पियन चेल्सी, रोमा, एट्लेटिको म्याड्रिड र पहिलो पटक सहभागी काराबाक समूह ‘सी’मा छन् ।
युरोपा लिग च्याम्पियन म्यानचेस्टर युनाइटेड, बेनफिका, बासेल र सिएसकेए मस्को समूह ‘ए’ मा तथा बायर्न म्युनिख, नेयमार आबद्ध पेरिस सेन्ट जर्मेन, एन्डरलेच, र सेल्टिक समूह ‘बी’ मा छन् ।
प्लेअफ पार गर्दै अघि बढेको लिभरपुलसहित समूह ‘इ’ मा सेभिल्ला, स्पार्कताक मस्को र मारिबोर तथा समूह ‘एफ’ मा साख्तार डोनेस्क, म्यानचेस्टर सिटी, नेपोली र फेयनोर्ड छन् । त्यस्तै मोनाको, पोर्टो, बेसिकटास र लिपजिङ समूह ‘जी’ मा छन् ।
यस्तो छ च्याम्पियन्स लिग समूह चरणको ड्र

December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]