default_image

8 years ago

August 26, 2017

‘सुपर स्टार मेस्सी भित्राउन असम्भव’

118 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका फुटबल निर्देशक छिकी बेगरस्ताइनले बार्सिलोनाका लियोन मेस्सी ल्याउने प्रयास निरर्थक हुने बताएका छन् । प्रिमियर लिग टोलीले मेस्सीका लागि ३ सय मिलियन युरो रिलिस क्लज तिरेर पनि भित्राउन सक्ने सञ्चारमाध्यमहरुले जनाएका थिए । तर बेगरस्ताइनले त्यो सम्झौता असम्भव प्राय भएको बताएका छन् ।

सनसँग कुरा गर्दै बेगरस्ताइनल भनेका छन्,‘मेस्सी आउने सम्भावना छैन । उनी सुरक्षाका साथ बार्सिलोनामा रहेका छन् ।’ उनले मोनाकोका युवा स्टार केलियन बाप्पले पनि आउने सम्भावना नरहेको बताएका छन् । बाप्पले पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना रहेको छ ।

फ्रान्सेली अन्तर्राष्ट्रियलाई सिटीले ल्याउने प्रयास गरेको थियो । क्लबका निर्देशकले अर्को साता सुरुवा बजार बन्द हुनुअघि केही नयाँ खेलाडीसँग सम्झौता हुन सक्ने बताए । ‘हामी बाप्पलेलाई लिने दौडबाट बाहिरिसकेका छौं । अब समयको पावन्दीका कारण सम्भव छैन ’ उनले भने, ‘केही यो थोरै दिनमा केही हुन्छ भने हेरौं । हामी आफ्नो कामका लागि सधै तयार छौं । टोलीको सुधारको आवश्यक देखिने काम हामी गर्छौ ।’

दुई पटकको प्रिमियर लिग च्याम्पियन सिटीले यो सिजन २ सय मिलियन पाउन्ड खर्च गर्दै बेर्नाडो सिल्भा, बेन्जामिन मेन्डी, इडिरसन, डानिल र कायले वाल्करलाई भित्राइसकेको छ । सिटी अझै आर्सनलका स्ट्राइकर एलेक्स सान्चेजलाई ७० मिलियन पाउन्डमा लिने प्रयास गरिरहेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.