8 years ago
August 28, 2017
लिभरपुल (एजेन्सी) – उत्कृष्ट आक्रमणलाई निरन्तरता दिदै लिभरपुलले प्रिमियर लिगमा आर्सनललाई ४–० ले स्तब्ध पारेको छ । गए राती लिभरपुलको जितमा सबै फरवार्डले गोल गरे । अर्को खेलमा टोटेनह्याम बन्र्लीसँग १–१ को बराबरीमा रोकिएको छ ।

लिभरपुलका प्रशिक्षक यार्गन क्लपले नियमित गोलरक्षक सिमोन मिग्नोलेटलाई विश्राम दिदै जर्मन किपर लोरिस क्यारियासलाई पोस्ट सम्हाल्ने अवसर दिएका थिए । आर्सनलका प्रशिक्षक आर्सेने वेगंरले यसै सिजन आवद्ध एलेक्सजान्डर लाकाजेटलाई बेन्चमा राखेका थिए । आर्सनलका लागि चोटमुक्त हुदै अलेक्सिस स्यान्चेस फर्किएपनि पनि उनको प्रभाव खेलमा देखिएन।
रोबर्टो फर्मिनो , साडियो माने , मोहम्मद सलाह र ड्यानियल स्टुरेज सबैले गोल गरेको खेलमा लिभरपुल सुरुआतदेखि हावी देखियो । जो गोमेजको क्रसमा हेड मार्फत गोल गर्दै ब्राजिलियन स्ट्राइकर फर्मिनोले घरेलु टोलीलाई १७ औं अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मानेको उत्कृष्ट गोलमा टोलीले अग्रता दोब्बर गरेको थियो । फर्मिनोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरे ।
पहिलो हाफमा २–० ले अगाडि रहेको लिभरपुल दोस्रो हाफमा पनि उतिकै आक्रामक देखियो । लिभरपुलका सालहले ५७ औं मिनेटमा तेस्रो गोल गरे भने चौथो गोलमा स्टुरिजलाई असिस्ट गरे । सलाहले लेफ्ट विगंस्बाट गरको क्रसमा स्टुरिजले सहजै हेडमार्फत गोल गरे । ३ खेलमा २ जित र १ बराबरीपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
प्रिमियर लिगको अर्को खेलमा टोटेनह्यामले अन्तिम मिनेटमा गोल खाएपछि लिग अन्तर्गत वेम्ब्ली खेल मैदानमा पहिलो जित हासिल गर्न बाट चुक्यो । डेले अलीले दोस्रो हाफमा गरेको गोलबाट अग्रता लिएको स्पर्सले इन्जुरी समयमा गोलको सामना गरेको थियो । टोटेनह्यामका स्ट्राइकर ह्यारी केनको गोलरहित यात्रा अझ पनि टुंगियन । उनले हालसम्म करियरमा अगस्ट महिनामा प्रिमियर अन्तर्गत गोल गर्न सकेका छैनन् ।
यस सिजनमा अलीको दोस्रो गोलमा टोटेनह्यामले ४९ औं मिनेटका अग्रता लिएको थियो । जिततर्फ बढ्दै गर्दा यसै सिजन १५ मिलियन पाउण्डमा बन्र्लीसँग आबद्ध भएका क्रिस वुड्सले खेलको इन्जुरी समयमा स्पर्सलाई स्तब्ध पारे । रबी ब्राडिको पासलाई गोलमा परिणत गर्दै वुड्सले स्पर्सलाई वेम्ब्लीमा पहिलो जित हासिल गर्नबाट रोके ।त्यस्तै गए रातीको अर्को खेलमा साविक विजेता चेल्सीले घरेलु मैदानमा एभर्टनलाई २–० ले हराएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]