default_image

8 years ago

August 28, 2017

ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग ८ दिन पछि हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती स्वदेश आइपुग्दैछन् । उनी राती ८ः३० बजे त्रिभुवन विमानस्थल ओर्लने उनका दाजु रविन्द्रले जानकारी दिए । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र ताजकिस्तानबीच भदौ २० मा प्रतिस्पर्धा हुँदैछ ।

भोलीबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएका सबै ३० जना खेलाडी पुरा हुनेछन् । यसअघि २८ खेलाडी रहेको प्रशिक्षणमा माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै गरेका गोलकिपर किरण चेम्जोङ पनि आइतबारबाट सामेल भएका थिए । केही दिनमा ताजकिस्तानका लागि अन्तिम २३ खेलाडीको छनोट गर्ने प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिएका थिए ।

रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् । उनको टोलीले गए राती घरेलु मैदानमा पेरसेलालाई २–० ले हराएको थियो । २२ खेलपछि ३६ अंकका साथ उनको टोली इन्डोनेसिया लिगको छैटौं स्थानमा रहेको छ । रोहित भोलीबाटै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने उनका लागि रविन्द्रले जानकारी दिएका छन् ।

गत बर्ष चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेका रोहितले चैतमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । एसिया कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठ अन्तिम साता घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । समूहमा फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा यमन ४ अंकसहित दोस्रो छ । तेस्रो स्थानको नेपालको १ अंक तथा ताजकिस्तान अंक विहिन छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.