10 years ago
December 1, 2015
दीपेन्द्र पोखरेल, काठमाडौं–
अर्को महिना भारतमा हुने साफ च्याम्पियनसिप जित्न सके पछिल्लो समय बिभिन्न कारणले आलोचित बन्दै आएको नेपाली फुटबलले थोरै भएपछि राहतको सास फर्न पाउनेछ ।
तर, दक्षिण एसियाली राष्ट्रबीचको त्यो सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जित्न त्यति सहज छैन । यसकारण पनि त्यो सहज छैन, की यसअघि आठ संस्करण सम्पन्न भइसक्दा पनि नेपाली टोली एक पटक पनि फाइनल पुग्न सकेको छैन ।
सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुद (साग) खेल्न बंगलादेश जानुअघि त्यो समयका स्टार गणेश थापा टोलीबाट हटाइएका थिए । त्यसका वावजुद नेपाली टोली च्याम्पियन बनेर फर्केको थियो ।
अहिले सम्म तीन पटकमात्र सेमिफाइनल पुग्न सक्नुले मात्र पनि त्यो च्याम्पियनसिप जित्न कठिन छ भन्ने यसै बुझिन्छ । साफ च्याम्पियनसिपको मुख्य दाबेदार भारत रहँदै आएको छ । तर, पछिल्लो संस्करण पहिलो पटक च्याम्पियनसिप उठाउँदै अफगानिस्तानले आफुलाई नयाँ क्षेत्रिय शक्तिको रुपमा प्रस्तुत गरिसकेको छ । अब पनि नेपाली टोलीका लागि मुख्य चुनौति त्यहि भारत र अफगानिस्तानसँग हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा दुई बर्षअघि भएको आठौं संस्करणमा समूह चरणमा भारतमाथि २–१ को सफल नतिजा निकाले पनि नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । त्यहि अफगानिस्तानले फाइनलमा भारतलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।
गोर्खाली र कहिल्यै हार नमान्ने भनेर चिनिएपनि नेपाली फुटबल पछिल्लो समय एकपछि अर्को प्रकरणका कारण निकै आलोचित बन्दै आएको छ । अरुका कारण भन्दा पनि नेपाली फुटबल आन्तरिक कारण , अखिल नेपाल फुटबल संघ –एन्फा) का अध्यक्ष गणेश थापाको भ्रष्टाचार प्रकरण, कप्तान सागर थापासहित ५ खेलाडीमाथि लागेको म्याच फिक्सिङको आरोप, बढी उमेरका खेलाडी खेलाएका कारण एएफसी यू १६ को अन्तिम चरण खेल्नबाट प्रतिबन्ध र सदाबहार नेतृत्व विवादका कारण नेपाली फुटबल समर्थक निराश मात्र भएका छैनन्, फुटबलबाट आशा समेत घट्न थालेका छन् ।
बढी उमेरका खेलाडी खेलाउनुलाई एन्फाको कमजोरी मान्न सकिएला तर एन्फा अध्यक्ष थापाले गरेको भ्रष्टाचार नेपाली फुटबलको अक्षम अपराध हो । उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रियस्तरमा बन्दगी राखेर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ । सन् २००९ र २०११ को फिफा निर्वाचनका क्रममा घुस लिएको आरोपमा उनलाई फिफाले १० बर्षको प्रतिबन्ध लगाउँदै २० लाख रुपैयाँ भन्दा बढीको जरिवाना तोकेको छ ।
त्यसअघि सागर, सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्री म्याच फिक्सिङ आरोपमा पक्राउ परि अहिले धरौटीमा छुटेका छन् । यी सब घटनाले नेपाली फुटबलको कट्टर समर्थक भन्नेहरु पनि हच्चिएका छन् । पछिल्ला यस्ता प्रकरणले नेपाली फुटबलको लोकप्रियतामा आच आइरहेको छ, अर्को तिर राष्ट्रिय टोलीले नतिजा दिन नसकेको पनि लामो समय भइसकेको छ ।
पछिल्लो पटक साफ च्याम्पियनसिपमा भारतलाई हराएदेखि नेपाली टोलीले खेल जित्न त परै जाउस एउटा गोल पनि गर्न सकेको छैन । यस्तो पृष्ठभूमिमा नेपाली टोली साफ च्याम्प्यिनसिपका लागि तयारी गरिरहेको छ । नेपाली टोली मैदान बाहिर र भित्र पुरै दबाबमा छ , त्यसपनि पनि नकारात्मक दबाब बढी छ ।
राम्रो टोलीले दबाबको बीचबाट आफुलाई अब्बल सावित गर्ने परम्परा छ । त्यो नेपाली टोलीले पनि विगतमा प्रमाणित गरिसकेको छ । सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुद (साफ) खेल्न बंगलादेश जानुअघि त्यो समयका स्टार गणेश थापा टोलीबाट हटाइएका थिए । त्यसका वावजुद नेपाली टोली च्याम्पियन बनेर फर्केको थियो ।
अहिले भ्रष्टाचारका कारण नेपाली फुटबलबाटै बाहिरीएका छन् । यो पटक फेरी नेपाली फुटबलमाथि गुमेको विश्वास पुनः प्राप्त गर्ने मौका फुटबल टोलीले पाएको छ । यस्तो मौका सधै आउने छैन । समर्थक जहिले पनि आफनो टोलीले जितेको हेर्न चाहन्छ । चर्को आलोचना र दबाबकाबीच पनि नेपाली टोलीमा केही सकारात्मक पक्ष छन् ।
सहज समुह
दुइ समूहमा विभाजित प्रतियोगितामा एकातिर अफगानिस्तान ,माल्दिभ्स, भुटान र बाङ्लादेश छन् । अर्को समूहमा नेपालसहित श्रीलंका, आयोजक भारत र पाकिस्तान छन् । तर, आन्तरिक कारणदेखाउँदै पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिसकेको छ । जसका कारण अब समूह चरणमा नेपालले दुई खेलमात्र खेल्नुपर्नेछ । समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्ने भएकाले नेपाल अन्तिम चार पुग्ने सम्भावना बलियो छ ।
कडा प्रशिक्षण
नेपाली टोली लामो समयदेखि प्रशिक्षणमा छ । घरेलु लिगको समाप्ती पछि नै टोली प्याट्रिक ओजेम्सको प्रशिक्षणमा व्यस्त छ । सहभागी अन्य टोलीको तयारीसँग तुलना गर्दा नेपालको तयारी राम्रो छ ।
खेलाडीको इगो
राजनीतिक कारणले देश र विभिन्न कारणले फुटबल दुबै संकटमा भएको कारण खेलाडीमा केही गरेर देखाउने जोश पक्कै रहेको हुनुपर्छ । खेलाडीमा एकहद सम्म इगो पनि आवश्यक छ । फुटबलमा गुमेको विश्वास फर्काउन पनि त्यो इगोले सकारात्मक काम गर्न सक्छ । इगोलाई सकारात्मक रुपमा प्रयोग गर्न सके , त्यसले फाइदा पुग्न सक्छ ।
युवा उर्जा
म्याच फिक्सिङको आरोपका कारण कप्तान सागर र उपकप्तान सन्दिपमाथिको प्रतिबन्ध, भोला सिलवालको चोट, राजु तामाङ, जुमानु राइ जस्ता सिनियर खेलाडी टोलीमा नपर्नुले नेपाली टोलीमाथि शंकाकाको दृष्टिले हेरिएको छ । तर, युवा प्रतियोगितामा खारिएका अनन्त तामाङ, बिमल घर्ति मगर , अञ्जन विष्ट र लिगमा उच्च प्रदर्शन गरेका नवयुग श्रेष्ठ अहिले टोलीमा रहेका उर्जावान युवा खेलाडी छन् ।
नयाँको जोश र पुराना खेलाडीको अनुभवको राम्रो तालमेल हुन सके नेपाली टोलीले सफलता नतिजाको आश गर्न सक्छ ।
थापाको दबाबबाट मुक्त
एन्फाका अध्यक्ष गणेश थापा नेपाली टोलीका लागि जति उर्जावान थिए त्यति नै दबाब पनि । पछिल्लो दुई दशक नेपाली टोलीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा थापाको निगरानी र एकहद सम्म हस्तक्षेपमा चल्दै आएको फुटबलकर्मीबीच चर्चाको विषय हुने गथ्र्यो । भ्रष्टाचारका कारण अहिले नेपाल फुटबल थापामुक्त बनेको छ । त्यसले नेपाली टोलीमाथिको दबाब पनि एकहद सम्म घटेको छ । त्यो दबाब घट्नु टोलीका खेलाडीका लागि उर्जा पनि हुन सक्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]