8 years ago
August 31, 2017
लस एन्जलस (एजेन्सी) – फर्ब्सले सार्वजनिक गर्ने विश्वको सबै भन्दा धेरै कमाउने खेलाडीको सूचीमा युएफसी च्याम्पियन कोनोर मेग्रेररले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अनुमान लगाइएको छ ।

‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरसँग लडेपछि उनले ७७ मिलियन पाउण्डको हाराहारीमा कमाएको अनुमान लगाइएको छ । उक्त फाइट बाहेक आयरिस खेलाडीले प्रायोजन स्वरुप थप कमाई गर्नेछन । सूचीमा सार्वाधिक कमाउने रोनाल्डोको बार्षिक कमाई ७१ मिलियन पाउण्ड छ ।
अघिल्लो वर्ष रोनाल्डो र मेग्रेररको भेट हुँदा मिक्स मार्सियल आर्ट्सका स्टारले रोनाल्डोलाई फोर्ब्सको सूचीमा उछिन्ने दाबी गरेका थिए । ‘तिमी फर्ब्सको सूचीमा पहिलो स्थानमा हुँदा म ३५औं स्थानमा थिए । मलाई लग्छ मैले तिमीलाई अर्को वर्ष उछिन्ने छु ‘, मेग्रेररले ठट्यौली शैलीमा भनेको थिए । रोनाल्डोले त्यसको जवाफमा ‘मलाई त्यस्तो लाग्दैन ‘ भनेका थिए ।
त्यस्तै बक्सिङ खेलमा मेग्रेररलाई हराएका अमेरिकी बक्सर फ्लोइड मेवेदर उनीहरु दुवैलाई पछि पार्ने सम्भावना छ । उनले २ सय ३३ मिलियन पाउण्ड कमाएको अनुमान छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]