8 years ago
August 31, 2017
बोयनस आइरिस (एजेन्सी)– झन्डै पाँच दशकयता अर्जेन्टिनाले पहिलो पटक विश्व कपमा छनोट नहुने खतरामा देखिएको छ । तर, त्यो अनुमान मात्र पनि हुन सक्छ । विश्व फुटबलकै चर्चित खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा फर्केपछि असम्भवलाई पनि सम्भव हुन सक्दछ । अर्जेन्टिना सन् १९७० मा विश्व कपमा पहिलो पटक छनोट हुन असफल भएको थियो ।

चिलीसँगको १–० जितमा सहायक रेफ्रीसँग दुव्र्यवहार गरेको आरोपमा मेस्सी माथि चार खेलको प्रतिबन्ध लगाइएको थियो । विश्व कप छनोट चरणका बाँकी खेल गुमाउने भएपछि मेस्सीको कारवाही घटाउनका लागि अपिल गरिएको थियो । अपिल सुनवाई मेस्सीका पक्षमा आएपछि उनले उरुग्वे , भेनेजुएला र पेरु विरुद्धको छनोटका खेलमा अर्जेन्टिनाको नेतृत्व सम्हाल्ने भएका छन् ।
बोलिभियासँगको खेल २–० ले गुमाएपछि अर्जेन्टिना अहिले अंक तालिकाको पाँचौं स्थानमा छ ।पाँचौ स्थानमा रहँदै विश्व कप छनोटको यात्रा अन्त्य गरेमा अर्जेन्टिनाले ओसियानाका विजेता (लगभग न्यूजिल्याण्ड) सँग प्लेअफमा खेल्नुपर्ने हुन सक्छ । अर्को तिर अर्जेन्टिना भन्दा २ अंकले मात्र तल रहेको इक्वेडर पनि माथि उक्लने प्रयासमा रहनेछ ।
दक्षिण अमेरिका विश्व कप छनोटको अंक तालिका

अर्जेन्टिनाले अर्को खेलमा छनोटको अंकतालिकामा तेस्रो स्थानमा रहेको उरुग्वेको सामना गर्दैछ । मात्र १ अंकको भिन्नता भएकाले अर्जेन्टिनाले जितेको खण्डमा माथि उक्लने अवसर पनि पाउनेछ । अघिल्लो तीन खेलमा हार बेहोर्दै बलियो स्थितिबाट कमजोर अवस्थामा पुगेको उरुग्वेलाई पनि जित्नै पर्ने दबाब छ ।
अर्को तिर उरुग्वेसँग पराजित भएमा अर्जेन्टिनाको विश्व कप लक्ष्य कठिन हुन सक्दछ । अर्जेन्टिनालाई विश्व कपमा स्थान बनाउन मेस्सीकै भरमा हुनेछ । टोलीका अर्का स्ट्राइकर सर्जियो अग्वेरो भने अन्तराष्ट्रिय खेलमा ‘टच’मा छैनन् । २०१५ को सेप्टेम्बर यता उनले राष्ट्रिय टोलीका लागि १ गोल मात्र गरेका छन् ।
त्यसैले सन्न्यासबाट वापसी गरेका मेस्सीले दुई पटकको विश्व कप विजेता अर्जेन्टिनालाई रुसमा हुने फुटबलको महोत्सवमा स्थान बनाउन मुख्य भूमिका निर्वाह गर्न आवश्यक देखिएको छ ।मेस्सीको अर्जेन्टिनाले २०१४ को विश्व कपमा फाइनल सम्मको यात्रा तय गरेको थियो । जर्मनीसँग फाइनलमा १–० ले पराजित हुँदै अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]