default_image

8 years ago

August 31, 2017

ब्राजिलको खेलमा कौटिन्हो बेन्चमा रहने

115 views

0 Bookmark

पोर्टो एलेर्गे (एजेन्सी)– लिभरपुलबाट बार्सिलोना जान चाहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इक्वेडरसँग बिहीबार हुने विश्व कप छनोटमा पहिलो रोजाइमा नरहने प्रशिक्षक टिटेले बताएका छन् । 

Coutino

सरुवा बजारमा सर्वाधिक चर्चामा रहेर सबैको धान तानेकाका कौटिन्होलाई त्यसको असर परेको भन्दै प्रशिक्षक टिटेले उनलाई सुरुआती ११ मा नखेलाउने बताएका हुन् । ढाडका चोटका कारण आराम गरिरहेका कौटिन्होले यो सिजन लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग प्ले अफ खेलेका छैनन् ।

बार्सिलानले कौटिन्हो किन्नका लागि गरेको तीन पटकसम्मको प्रयासलाई लिभरपुलले अस्वीकार गरिसकेको छ । उनी पनि स्पेनिस क्लब जान आतुर देखिएका छन् । ब्राजिलियन प्रशिक्षकका अनुसार कौटिन्होको स्थानमा चेल्सीका विलियान पहिलो रोजाइमा पर्नेछन् । ‘विलियानले अहिले राम्रो खेलिरहेका छन्,’ टिटेले भने,‘ त्यसैले उनलाई खेलाउनु र कौटिन्होलाई बेन्चमा राख्दा जायज हुन्छ । ’

टोलीको प्रशिक्षणमा सक्रिय सहभागिता जनाएका कारण केहि दिनअघि स्थानिय सञ्चारमाध्यमले कौटिन्होले इक्वेडरविरुद्ध खेल्न सक्ने उल्लेख गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.