default_image

8 years ago

August 31, 2017

विश्व कप छनोट : फ्रान्स र नेदरल्याण्ड्स भिड्दै

117 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्व कप युरोपियन छनोट चरणअन्तर्गत आज फ्रान्सले नेदरल्याण्ड्सलाई निम्त्याउँदै छ । समूह ‘ए’ मा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स हारेको खण्डमा सन् २०१८ मा हुने रुस विश्व कपमा छनोट हुने सम्भावना कमजोर बन्न सक्छ ।

Van persie

९ समूहमा विभाजित ५४ टोलीमध्ये हरेक समूहको विजेताले स्वतः विश्वकपमा प्रवेश गर्नेछन् । त्यस्तै सबै समूहका गरि उत्कृष्ट ८ टोलीले पुनः प्ले अफमा प्रतिस्पर्धा गर्नेछन् । नेदरल्याण्ड्सका रविन भान पर्सी २ वर्ष पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्केका छन् ।

आर्सनल र म्यानचेस्टर यूनाइटेडका पुर्व स्ट्राइकरलाई प्रशिक्षक डिक एड्भोकाटले टोलीमा समेटेपनि राम्रो लयमा रहेका टोटेनह्यामका भिन्सेन्ट जान्सेनले सुरुआती ११ मा स्थान पाउने सम्भावना छ ।अघिल्लो विश्व कपमा तेस्रो स्थान हासिल गरेको डच टोली २०१६ को यूरो कपमा छनोट हुन सकेको थिएन । यस पटक विश्व कपमा स्थान बनाउन डच टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहनेछ ।

छनोट अन्तर्गत युईएफएका अन्य खेलहरु
समूह ‘ए’ – बुल्गेरियाविरुद्ध स्विडेन , लग्जेम्बर्गविरुद्ध बेलारुस
समूह ‘बी’ – हंगेरीविरुद्धस्लाट्भिया , पोर्चुगलविरुद्ध फरोए आइल्याण्ड, स्विजरल्याण्डविरुद्ध एण्डोरा
समूह ‘एच’ – बेल्जियमविरुद्ध गिब्रेल्टार , साइप्रसविरुद्ध बोस्निया, ग्रिसविरुद्ध इस्टोनिया

सम्पूर्ण खेल नेपाली समय अनुसार रातको १२ : ३० मा सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.