8 years ago
August 31, 2017
लिभरपुल (एजेन्सी) – इङ्ल्यान्डका २४ वर्षे मिडफिल्डर एलेक्स अक्सलेड-चेम्बर्लेन आर्सनलबाट लिभरपुल प्रस्थान गरेका छन् । डेडलाइन डे चलिरहँदा चेम्बर्लेनलाई चेल्सीले पनि भित्र्याउन खोजिरहेको थियो ।

लिभरपुलले आर्सनलबाट अक्सलेड-चेम्बरलेन ३५ मिलियन पाउन्डमा भित्र्याएको हो । लिभरपुलसँग ५ वर्षको अनुबन्धन गरेका चेम्बर्लेनले त्यहाँ हरेक हप्ता एक लाख बीस हजार पाउन्ड कमाउनेछन् । आर्सनलले प्रस्ताव गरेको एक लाख ८० हजारको तलब अस्वीकार गर्दै उनी लिभरपुलतिर लागेका हुन् । ६ सिजन आर्सनलमा बिताएका चेम्बर्लेनले आर्सनलका लागि ९ गोल गरेका छन् ।
आर्सनल आइतबार लिभरपुलसँग ४-० ले पराजित भएको खेलमा चेम्बर्लेन पनि सहभागी थिए । यसैगरी, आर्सनलका अर्का स्टार खेलाडी एलेक्सिस सान्चेज ल्याउन म्यान्चेस्टर सिटी अझै प्रयासमा छ । म्यान्चेस्टर सिटीले प्रस्ताव गरेको ५० मिलियन पाउन्ड र खेलाडी रहिम स्टेर्लिङ आर्सनलले अस्वीकार गरेको थियो । सान्चेज गुमाएको अवस्थामा आर्सनलले जर्मनीका जुलियन ड्राक्सलर भित्र्याउन कोशिश गर्ने भनिएको छ ।
आर्सनलका अरु दुई छिमेकी टोटनह्याम र चेल्सी पनि स्वान्सी सिटीका फरवार्ड फर्नान्डो लोरेन्टेलाई आ-आफ्नो क्लबमा ल्याउने प्रयासमा छन् । स्वान्सीले म्यान्चेस्टर सिटीका विल्फ्रिड बोनीलाई पुन: किन्ने खबर आएपछि लोरेन्टेलाई अन्य क्लबहरुबाट प्रस्ताव आउन थालेको हो । त्यस्तै स्वान्सीले बायर्न म्युनिखबाट रेनाटो सान्चेसलाई लोनमा अनुबन्ध गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]