default_image

10 years ago

December 1, 2015

१४ औं आहा रारा गोल्डकप माघ ५ देखि

217 views

0 Bookmark

सहारा क्लब पोखराले आयोजना गर्दै आएको मोफसलको बहुचर्चित फुटबल प्रतियोगितालाई यस वर्ष आगामी माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघले क्लबलाई उक्त समय तालिका उपलब्ध गराएको क्लबका महासचिव केशब राज बरालले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहनेछ ।

Sahara Football Club

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ हुने प्रतियोगितामा हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन छ । प्रतियोगितामा रेडबुलको सहस्रायोजन, माईक्रो म्याक्स मोबाइलको उपप्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन रहेको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यु.के., सहारा हङ्गकङ्ग समेतको विशेष सहयोग रहेको छ । साथै पावर्ड बाई नोभा दूध, अफिसियल वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल वियर, नमस्ते एजुकेशन, वेष्ट अफ फाइभ प्रायोजक पृथ्वी राजमार्ग बस सञ्चालक समिति पोखरा अफिसियल एयर लाइन्स बुद्ध एयर समेतको सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।

पोखरालाई स्पोर्ट हब सिटीको रुपमा विकास गर्दै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेलकौशल प्रर्दशन गर्न उचित अवसर प्रदान गर्ने उक्त प्रतियोगिता सम्पूर्ण फुटबलप्रेमीको बहुप्रतिक्षित प्रतियोगिता हो । प्रतियोगिताबाट बचत हुने आयोजकले सहारा एकेडेमीमा खर्च गर्दैआएको छ ।

एकेडेमीमा तेसो ब्याचमा १६ जिल्लाका २६ जना प्रशिक्षार्थी आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क शिक्षादिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण दिँदैआएको क्लब अध्यक्ष वीरभद्र आचार्यले बताए ।

पोखराको दोबिल्लामा क्लबले संचालन गर्दैआएको एकेडेमीको मुख्यश्रोत प्रतियोगिता बचत रकम भएकोले प्रतियोगिता अवधिभर बन्द, हडताल,चक्काजाम नगर्न क्लबले राजनैतिक दल, भातृ संगठन, यातयात व्यवसायी, विभिन्न संघसंगठनमा अनुरोध समेत गरेको छ ।

यसपूर्व क्याराभान गोल्ड कप २०५८ मा नेपाल पुलिस क्लब, प्रथम आहा गोल्ड कप २०५९ मा नेपाल पुलिस क्लब, द्वितिय र तृतीय आहा गोल्ड कप २०६०/२०६१ मा मनाङ्ग मस्र्याङ्गदी क्लब र चौथो आहा गोल्ड कप २०६२ मा अफ्रिकन यूनाईटेड क्लब, पाचौँ आहा गोल्ड कप २०६३मा, थ्रि स्टार क्लब, छौटौँ-सातौं-आठौं आहा गोल्ड कप २०६४/२०६५/२०६६ नेपाल पुलिस क्लब, नवौं आहा गोल्ड कप २०६७ मा थ्रि स्टार क्लब, दशौं आहा गोल्ड कप २०६८ मा मनाङ्ग मस्र्याङ्गदी क्लब, एघारौं आहा- रारा गोल्ड कप २०६९ मा थ्रिस्टार क्लब, बाह्रौं आहा- रारा गोल्ड कप २०७० मा सहारा क्लब पोखरा , प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.