default_image

8 years ago

September 4, 2017

अमेरिकामा खेलाडी संघको शाखा गठन, साग स्वर्ण पदक विजेता सुनिल अध्यक्ष

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको अध्यक्षतामा अमेरिकामा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शाखा गठन भएको छ । संघका केन्द्रिय अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्टको उपस्थितिमा अमेरिका शाखा गठन भएको हो ।

संघको शाखा उपाध्यक्षमा तेक्वान्दोकी पद्मा गुरुङ र फुटबलकी तुलासा सिंह, सचिवमा फुटबलका पर्वत पाण्डे कोषाध्यक्षमा तेक्वान्दोका पुष्प थापामगर रहेका छन् । त्यस्तै सदस्यमा फुटबलका प्रलय राजभण्डारी, रमेश कटुवाल, उषा भण्डारी, लक्ष्मी पौेडेल, कराते ज्ञानु सुनुवार र तेक्वान्दोकी विमा राई सदस्य छन् ।

खेलमार्फत राष्ट्रलाई योगदान दिएका खेलाडीको हक हित संरक्षण गर्न र एकिकृत गर्ने उद्देश्यका साथ शाखा गठन गरिएको बताइएको छ । भेलामा २८ पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । शाखा गठन भएकोमा खुसीयाली व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई भने ‘खेलाडी संगठित हुँदा एकअर्कालाई अप्ठेरो पर्दा सहयोग गर्नका लागि र भोलीका दिनमा नेपाली खेलकुद पनि सहयोग गर्न सक्ने सम्भावना रहन्छ ।’

केहि साताअघि क्यानाडा पुगेका श्रेष्ठ शाखा गठनका लागि आइतबार अमेरिका पुगेका थिए । निवर्तमान अध्यक्ष विष्ट पनि केही सातादेखि अमेरिकामा रहेका छन् । दुवै जान भोली स्वदेश फर्कनेछन् । अमेरिकाको शाखा खेलाडी संघको दोस्रो विदेशी शाखा हो । यसअघि बेलायतमा खेलाडी संघको शाखा गठन भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.