default_image

8 years ago

December 2, 2015

थापालाई तत्काल छुट्टै कारवाही गर्दैनौं – एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफाले कारवाही गरेका एन्फा अध्यक्षलाई एन्फाले तत्काल कारवाही नगर्ने बताएका छन्| एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले थापाको कारवाहीको प्रक्रिया पुरा भैनसकेको र अपिल गर्ने विकल्प खुलै रहेको बताए| तर यदि अपिल गरेको अवस्थामा थापाको विपक्षमा निर्णय आए थापा आफैंले राजिनामा दिनेमा आफु विश्वोश्त […]

33 views

0 Bookmark

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफाले कारवाही गरेका एन्फा अध्यक्षलाई एन्फाले तत्काल कारवाही नगर्ने बताएका छन्|

Narendra Shrestha

एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले थापाको कारवाहीको प्रक्रिया पुरा भैनसकेको र अपिल गर्ने विकल्प खुलै रहेको बताए| तर यदि अपिल गरेको अवस्थामा थापाको विपक्षमा निर्णय आए थापा आफैंले राजिनामा दिनेमा आफु विश्वोश्त रहेको र यदी त्यसो नभएमा संघले आफैं उनलाई बर्खास्त गर्ने जानकारी दिए|

यससंगै उनले आफ्नो नियुक्तिलाई लिएर कुनैपनि विवाद सहि नभएको स्पष्टोक्ति दिए| “फिफा र ए.एफ.सी. बाट मेरो नियुक्तिको पूर्ण समर्थन छ| मलाई आशा छ मन्त्रालय र परिषदबाट पनि सोहि किसिमको सहयोग पाउनेछु| हामी अहिले कठिन मोडमा छौं र मेरो अनुभव र सबैको साथले हामी यसबाट माथि उठ्ने कुरामा विश्वोश्त छु”, श्रेष्ठले भने| विरोधी खेमामा रहेका उपाध्यक्ष तृय लगायतका समुहले उठाएका धेरैजसो समस्या सुल्झिसकेकोले उनले फुटबलको विकासमा लाग्नेका लागि एन्फाको धोका खुल्लै रहेको पनि बताए| “उहाँहरुलाई हामीले पहिलेदेखि स्वागत नै गरेका थियौं, हामीले सबै कदम विधान अनुसार चलेका थियौं र उहाँहरु पनि सोहि विधान अन्तर्गत निर्वाचित हुनुभएको हो| आफैं विधान मिचेर हाम्रो विरुद्धमा लाग्नुको कुनै तुक छैन|”, उनले भने|

यससंगै श्रेष्ठको नेतृत्वमा कार्यसमितिको पहिलो बैठक पनि आज एन्फामा बसेको थियो| उक्त बैठकले पारित गरेको केहि निर्णयहरु तल छन्:

१. बैंक चेकमा का.वा. अध्यक्ष श्रेष्ठको सहि चलाउने

२. आगामी फेब्रुअरी २६मा हुने फिफाको कंग्रेसमा एएफसी अध्यक्ष सेख सलमानलाई समर्थन गर्ने

३. २०१६को एएफसी महिला यु-१४ फुटबल प्रतियोगितामा सहभागिता जनाउने र साथसाथै आयोजनको लागि पहल गर्ने|

४. भूकम्पका कारण स्थगित यु-१४ महिला फुटबल प्रतियोगिताको फाइनल खेल डिसेम्बर २०मा खेलिने|

यसबाहेक साफका लागि प्रशिक्षणरत राष्ट्रिय टोलीको तयारीको चुस्त व्यवास्थापनको विषयमा पनि छलफल गरिएको थियो|

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.